लापता
निवेदकको फाइल अध्ययन गरेपछि न्यायधिसले भने–“यो केस त सुनुवाई सकिएर कार्यान्वयन पनि भइसकेको छ त ! अंशियारले अंश लिइ काम तामेल भइसकेको फाइल पुनः किन ?” निवेदक कल्पनाले भनि–“हो श्रीमान् , कार्यान्वयन भएको छ । म नाबालक छँदै मेरो बुबा कोरिया जानु भएको थियो । बाबा विदेश गएको वर्ष दिनमै मेरी आमाको मृत्यु भयो तत् पश्चात म मावलीमा बस्न थालेँ । बाबाले श्रीमतीको मृत्यु पश्चात घर व्यवहार रेखदेख र लालनपालनका लागि कोरियामा कमाएको पैसा सबै काकालाई पठाइ रहनु भयो । काकाले बाबा लापता भएकोले अंश पाउ भनि मुद्दा दर्ता गर्नुभयो । लामो समयसम्म प्रतिवादीले प्रतिउत्तर लगाएन भनि अदालतले काकाको पक्षमा फैसला गर्यो ।”
न्यायधिसले निवेदकलाई सोधे–“तपाईको बाबा पनि हुनुहुन्छ ?” पछाडि बेन्चबाट जुरूक्क उठेर विरबहादुरले भन्यो–“हो हजुर म लापता भएको बाबु हुँ ।” फैसलाको कागज न्यायधिसलाई देखाउँदै भन्यो–“फैसलामा लापत्ता म भएको हुँ तर सबै सम्पत्ति बेचेर मेरो भाइ लापता भएको छ । अब कसलाई हालौ मुद्दा ?”
फैसलामा आफ्नै हस्ताक्षर हेरिरहेको न्यायधिसले एक्कासी भने–“फेरि अर्को लापता !!!
-गाेपीराम भण्डारी ‘बटुवा’