मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सम्पदा संरक्षणमा उदाहरणीय नगर प्रहरी(अन्तर्वाता) – फोटो फिचर


  • मनिष अर्याल÷नेपाल फोटो लाइब्रेरी
  • शनिबार, पुस २८, २०८०
  • 132
    SHARES

बिहानै चिसोमा ललितपुरको लगनखेल स्थित एउटा फल्चामा नगर प्रहरी हावा फाल्ने मेसिन( Air Blower ) सहित फल्चा सफा गरिरहेका हुन्छन । दिउँसोको समयमा भिडभाड हुने भएकाले बिहान बिहान चिसो पनि नभनि ललितपुर महानगरका नगर प्रहरीहरु महानगर भित्रका सम्पदा संरक्षणमा यसरी नै लागी पर्दै आएका छन । पुर्व ट्राफिक प्रहरी समेत रहेका सिताराम हाछेथु ललितपुर महानगरको नगर प्रहरी प्रमुख भएर काम गरेको झण्डै चार वर्ष भइ सकेको छ । नगर प्रहरी को महानगर भित्र रहेका सम्पदा संरक्षणमा भुमिका कस्तो छ त ? महनगर बासी नगर प्रहरीको कार्य प्रति कत्तिको सन्तुष्ट छ्न त ? यहि प्रश्नको उत्तर खोज्दै हामि यसपाली ललितपुर महानगर प्रहरी बलमा पुग्यौ । ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथु सङ्गको कुराकानी यस प्रकार राखेका छौ ।

नगर प्रहरी को दिनचर्या कसरी सुरु हुन्छ ?

बिहान सात बजे देखि नगर प्रहरी को ड्युटी सुरु हुन्छ । बिहान , दिउँसो र राती गरेर शिफ्टमा नगर प्रहरी हरु खटिन्छन । सङसङ्गै सम्पदा क्षेत्रमा १५ जना छुट्टै ड्युटी बस्छन । पहिला १० देखि ५ बजे सम्म मात्र हुने ड्युटी अहिले हामी नगर बासी माझ २४ अ‍ै घण्टा उपलब्ध भएका छौ । नगर भित्र हुने बिहान फोहोर मैलाको निगरानी देखि अन अधिकृत पार्किङग र सम्पदा सरक्षणमा २४ अ‍ै घण्टा काम गरिराखेका छौ ।

सम्पदा संरक्षणमा नगर प्रहरी को भुमिका कस्तो छ ?

ललितपुर महानगरमा सम्पदाको कुरा गर्ने हो भने यहा पाटि , पौवा , स्तुपा, हिटि, मन्दिर हरुले भरिएको छ । नगर प्रहरी को महत्त्वपूर्ण जिम्मेवारी को रुपमा नगरबासी सङ्ग जोडिएको सम्पदालाइ सुरक्षित राख्नु हो । सम्पदा संरक्षणको कुरामा नगर बासी सङ्ग मिलेर काम गरि राखेका छौ । ललितपुर महानगरमा भएका सम्पदा हरुमा पहिलो प्राथमिकतामा विश्व सम्पदामा सुचिकृत पाटन दरवार क्षेत्र लगायत अन्य सम्पदा हरुमा १५ जना नगर प्रहरी खटाइएको छ । पाटन दरबार लगाएत अन्य सार्वजनिक स्थान हरुमा अनैतिक किर्याकलाप निषेधका कुरा देखि धुम्रपान निषेध क्षेत्र गराइएको छ । पहिला पहिला नगर प्रहरीको काम फुटपाथ व्यापार रोक्ने र अनअधिकृत पार्किङ्ग व्यवस्थापन मात्र थियो तर समय सङ्गै नगर प्रहरी को दायरामा भेट्ने कार्यहरुलाइ नँया स्वरुपमा बढाइराखेका छौ र सम्पदा संरक्षणमा जोड दिदै आएका छौ ।
नगर प्रहरी र नगर बासी बिच सम्पदा संरक्षणमा कस्तो साथ रहेको छ ।
नगरबासी को साथ बिना नगर प्रहरी ले मात्र सम्पदा संरक्षण गर्न सक्दैनौ । नगर बासिको साथ सङ्गै हामिले काम गरिराखेका छौ । पहिला र अहिलेमा नगरबासीको साथ धेरै राम्रो छ हामिले नगरबासी को लागि ११३१ निशुल्क टोल फ्रि नम्बर उपलब्ध गराएका छौ । सम्पदा संरक्षणको कुरा मात्र नभई , अन्य सेवा सुभिधाको लागि नगर प्रहरी २४ घण्टा तयारी अवस्थामा हुन्छौ । महानगर भित्र रहेका सम्पदा हरुमा नगर बासी हरुको कथाहरु जोडिएको हुदा आफ्नो सम्पदा जोगाउनमा ठुलो भुमिका खेलेको देख्छु । उदाहरण नै दिन पर्दा पाटन दरबारमा रहेको कृष्ण मन्दिरमा एकदमै अनैतिक किर्याकलाप बढे पछि त्यहाको स्थानिय हरुले खबर गर्नु भयो , हामिले महानगर सङ्ग समन्वय गरेर निषेध त गराइयो तर स्थानिय हरु आफैले मन्दिर छिर्ने ढोकामा भक्तजन मात्र लेखिएको पोस्टर राख्नु भएको छ । यो देख्दा सम्पदा संरक्षणमा नगर प्रहरी को कार्य बढे सङ्गै स्थानिय हरु पनि जागरुक भएको पाइन्छ ।

सम्पदा संरक्षण लगायत अन्य कार्यका लागी नेपालको स्थानिय तह हरुमा कस्तो छाप दिइरहनु भएको छ ?

सम्पदा संरक्षणमा भर्खरै मात्र बागमती प्रदेश सरकार बाट उत्कृष्ट भइ पुरस्कार पनि पाएका छौ । हाम्रो काम अरुलाइ देखाउने भन्दा पनि नगरबासी को समस्यालाइ समाधान गर्नु हो । हाम्रो कार्यमा नगर बासि हरु सन्तुष्ट हुनुहुन्छ जस्तो लाग्छ मलाइ । राम्रो कुरालाइ नक्कल गर्नु पर्छ । मलाइ काठमाडौं उपत्यका बाहिरका महानगर, उप महानगर र नगरपालिका हरु बाट एकदमै फोन आउने गर्छ , उँहाहरुको नगर प्रहरी लाइ के कसरी लग्ने भनेर । गत हप्ता मात्र धनगढी उप महानगरका नगर प्रमुख गोपाल हमाले फोनु गर्नु भएको थियो , उँहाको नगर प्रहरी प्रमुखलाइ नगर भित्र गर्नु पर्ने कार्य योजना हरुलाइ के कसरी लगिनु पर्छ भनेर । हाम्रो नगर प्रहरी बलको कार्यले सिकाउन पनि पाइएको छ र सिक्न पनि पाइएको छ ।

नगर प्रहरी ले पाउनु पर्ने आवश्यक कुराहरु महानगर बाट उपलब्ध गराइएको छ त ?

ललितपुर महानगरको क्षेत्रफल एकदमै फैलिएको छ । हामिलाइ पहिलो कुरा जनशक्ति को निकै खाँचँो हुने गर्दछ । हाम्रो कार्य प्रति सन्तुष्ट भएर भर्खरै मात्र नगर प्रमुखज्युले जनशक्ति थप्ने कार्य योजना अगाडि बढाउनु भएको छ् । नगर प्रहरी बलको ७० जनाको सख्या बढाएर १५० गराउने तयारी गरिराखेका छौ । नगर भित्रका सम्पदा सरक्षणमा थप नगर प्रहरी खटाउने तयारीमा छौ । नगर भित्र रहेका पाटि, हिटि हरुको सरसफाइ देखि हरेक संरक्षणका कुरा हरु लाइ अझै थप बढाइने छ । नगर भित्र आवश्यक हुने कुरा हरु जस्तै , ढल सफा गर्ने , दमकल सेवा , एम्बुलेन्स , शव वहान को लागि चाहिने साधन हरु उपलब्ध गराइएको छ । यि सबै सेवाहरु महानगरबाट निशुल्क रुपमा सचालन गराइराखेका छौ ।

नगर प्रहरी बलको भावी योजना के छ ?

हामिले चाडैनै ललितपुर महानगर बासी लाइ सहज हुने गरि मोबाइल एप सुचारु गर्दै छौ । अहिले तत्काललाइ एपमा हामिले नगर प्रहरी को कार्यका २१ वटा सुविधाहरु जोडेका छौ जसमा दमकल सेवा, एम्बुलेन्स सेवा , ढल सफाइ , बाटो बिग्रेको लगायत अन्य कामहरुलाइ समेटेका छौ । नगर प्रहरी बलको कार्यलय पुल्चोकमा कन्ट्रोल रुम बाट निगरानी गरि हामि नगरबासि को समस्या समाधान गर्न तयारी अवस्था रहने छौ ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }