बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चिसो बढेपछि विराटनगरका शैक्षिक संस्था ३ दिन बन्द


  • माउन्टेन खबर
  • मङ्लबार, माघ २, २०८०
  • 217
    SHARES

मोरङ। शितलहरसँगै अत्यधिक चिसो बढेपछि विराटनगर महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महानगरले आज एक सूचना जारी गर्दै यही माघ ३ गते बुधबारदेखि माघ ५ गतेसम्म तीन दिनसम्म सम्पूर्ण विद्यालय बिदा दिने निर्णय गरेको हो ।

चिसो बढ्न थालेपछि विद्यालयको पठनपाठनलगायतका गतिविधिमा कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई ध्यानमा राखी बिदा दिने निर्णय गरिएको महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)