आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जनताका काम गर्न नदिएपछि सरकारमा बस्न सकेनौँ


  • माउन्टेन खबर
  • मङ्लबार, माघ ९, २०८०
  • 201
    SHARES

जनकपुर ।  डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टी मधेस प्रदेश सरकारबाट बाहिरिएको छ ।

मंगलवार मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष राजीनामा बुझाएका हुन् ।

मंगलवार बसेको जनमत पार्टीको मधेस प्रदेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै आफूहरु बाहिरिएको र सरकारलाई दिएको समर्थ फिर्ता लिएको संस्कृतिमन्त्री यादवले बताउनु भयो ।

उहाँले सरकारले जनमुखी काम नगरेको र आफूहरु मन्त्री भइसकेपछि बिना विभागीय मन्त्री बनाउने, जनमुखी काम गर्दा बाधा अड्चन गर्ने, मन्त्रालय बारम्बार फुटाउने र आफूहरुको मातहतका मन्त्रालयहरु एकल ढंगले चलाउने गरेको आरोप लगाउनु भयो ।

सरकारको एक वर्षे कार्यकालमा पनि जनताले सरकार भएको अनुभति गर्न नसकेको बताउनु भयो । उहाँले आफूहरु जनताका काम गर्न आएकाले जनताका काम गर्न नदिएपछि सरकारमा बस्न नसक्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)