सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

एसिया प्यासिफिकमा ‘एपीएस गाला डे’ (तस्बिरसहित)


  • माउन्टेन खबर
  • आइतवार, माघ २८, २०८०
  • 107
    SHARES

काठमाडौं । एसिया प्यासिफिक स्कुलले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा विशेष प्रदर्शनी गरेको छ । प्रदर्शनीमा कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुका छुट्टाछुट्टै बिषयगत स्टल राखिएको थियो ।

प्रदर्शनीमा गणित, नेपाली, सामाजिक अध्ययन, रोवर्टिक्स, योग, भर्चुअल रियालिटी जस्ता विषयगत छुट्टाछुट्टै स्टलहरु राखिएका थिए । लोपहुन लागि सकेका र शहरी क्षेत्रमा देख्न मुस्किल परम्परागत सामानहरु देखेर बिद्यार्थीहरु आश्चर्य र उत्साहित देखिन्थे ।

कक्षा ११ र १२ मा अध्ययनरत छात्रछात्रले विषयगत प्रदर्शनीको अतिरिक्त फुड स्टलको समेत जिम्मा लिएका थिए । उनीहरुले नेपालकै सयपत्री फूलबाट आइस् क्रिम बनाएका थिए । अभिभावकले बारा, चटामरी, यमरी एवं सेल रोटीको स्वाद लिएका थिए । शिक्षकले कक्षामा पढाएका विषयलाई व्यावाहारिक जीवनमा कसरी उतार्न सकिन्छ भन्ने प्रदर्शनीको मुख्य उद्देश्य रहेको स्कुलका प्रिन्सिपल रमेश घिमिरेले बताए ।

ुसरहरुले कक्षामा पढाएका विषय सम्भव भएसम्म प्रयोगात्मक रुपमा ल्याउनु पर्छ भन्नु हुन्छ, त्यसैलाई हामीले फलो गरेका मात्रै हौुं कक्षा १० की छात्रा आँचल सिम्खडाले बताइन् । ग्रान्डी अस्पतालको सहयोगमा रक्तदान कार्यक्रम समेत राखिएको थियो । प्रदर्शनीमा बुक स्टल एवं घोडा चढ्ने लगाएत विभिन्न खेल समेत खेलाईएको थियो ।

व्यावहारिक ज्ञान दिएर नागरिकको चौतर्फी उन्नययनमा लागेकोमा विद्यालय तथा शिक्षक सबै बधाईका पात्र हुनुहुन्छु प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रमको पञ्चै बाजा र झोरबाट आएको भजन टोलिको भजन एवं लाखेनाच हेरेर कार्यक्रमको शुभारम्भ गर्दै टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङले बताए ।

प्रदर्शनी वरिष्ठ कलाकार सन्तोष पन्त, लक्ष्मी कान्त पौडेल, सरोज पान्डे, युवराज नेउपाने लगायत समाजसेवीले पनि अवलोकन गरेका थिए । अभिभावक दिवसको नाममा नाचगान र नेताको भाषणमात्र सुन्ने परम्परालाई अन्त्य गर्दै बिद्यार्थीको रचनात्मक एवं सिर्जनशिल क्षमता अभिबृद्दी यस्ता कार्यक्रम बिद्यालयले गर्दै आएको र आगामी दिनमा पनि गरिरहने कुरा बिद्यालयका निर्देशक राजन अधिकारीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }