शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

मिस तामाङ २०२४ को थर्ड रनर अप रसुवाकी पेम्बा डोल्मा तामाङलाई सांसद आचार्यव्दारा बधाई


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन १५, २०८०
  • 155
    SHARES

काठमाडौं । १६औं संस्करणको मिस तामाङ २०२४ को फाइनल प्रतिस्पर्धा सम्पन्न भएको छ । मम्स इन्टरनेसनल नेपालको आयोजनामा संचालन भएको ग्राण्ड फिनाले रिया लामाले अकरण मिस तामाङ २०२४ को ताज पहिरिन सफल भइन् । एक लाख रुपैयाँ नगद पुरस्कार हात पारेकी रियाले प्रतियोगितामा मिस ट्यालेन्टको अवार्ड पनि जित्न सफल भइन् ।

प्रतियोगितामा फस्ट रनर अप स्मृति योञ्जन तामाङले पचास हजार रुपैयाँ सेकेन्ड रनर अप अमृता लामा तामाङले तीस हजार तथा थर्ड रनर अप पेम्बा डोल्मा तामाङले दश हजार रुपैयाँ सहित ताज पहिरिन सफल भए । अमृताले मिस पर्सनालिटी र पेम्बाले मल्टिमिडियाको अवार्ड पनि जितेका थिए ।

तामाङ समुदायको मौलिक कला संस्कृति र जातियतामा केन्द्रित सो प्रतियोगितामा २५ जना तामाङ युवतीको सहभागिता रहेको थियो । फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन्न सो प्रतियोगितामा सृजना स्याङतान फोटोजेनिक, मिर्मा तामाङ वेष्ट ड्रेस, शुभेच्छा लामा पपुलर, अश्मी स्याङतान तामाङ ब्युटीफुल हेयर, सविना मोक्तान ग्रेस, ज्योति तामाङ वाक, सरिता तामाङ डिसिप्लीन, लोरियन योञ्जन फ्रेन्डशीप तथा याङसाल लामाले स्माइल विधाको अवार्ड जितेका थिए ।

कांग्रेस केन्द्रीय सदस्य तथा सांसद ई .मोहन आचार्यले रसुवा जिल्लाकी चेली पेम्बा डोल्मो तामाङले मिस तामाङ २०२४को थर्ड रनर अपको उपाधि जित्न सफल हुनुकोमा बधाई दिनु भयो।

उहाँको सफतलाले सिङ्गो रसुवाको नाम उचो भएको भन्दै सासंद आचार्यले खुशी व्यक्त गर्नुभयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }