शुक्रबार, बैशाख २१, २०८१

शिक्षामा खैरहनीको नौलो अभ्यासः बस्ती—बस्तीमा गृहकार्य कक्षा सञ्चालन


  • माउन्टेन खबर
  • शुक्रबार, फाल्गुन २५, २०८०
  • 63
    SHARES

 

काठमाडौं । चितवनको खैरहनी नगरपालिकाले शिक्षाको क्षेत्रमा नौलो अभ्यास शुरु गरेको छ ।

नगरपालिकाले विपन्न परिवारका बालबालिकाको लागि बस्तीमै गृहकार्य कक्षा सञ्चालन गरेको हो । दैनिक ज्यालामजदुरी गरेर परिवार पाल्नुपर्ने, बालबच्चालाई पठनपाठनमा सहजीकरण गर्न नसक्ने परिवारका बालबालिकाको लागि उनीहरुलाई पायक पर्ने बस्तीमा गृहकार्य कक्षा सञ्चालन गरिएको हो । नगरपालिकाले सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने विद्यार्थीको लागि नगरभित्रको २८ स्थानमा गृहकार्य कक्षा सञ्चालन गरेको छ । गृहकार्य कक्षाको लागि बस्तीे नजिक रहेको कोठा,सामुदायिक भवन, संघसस्थाको भवन र विद्यालय नै भएको स्थानमा विद्यालयकै कोठामा गृहकार्य कक्षा सञ्चालन गरिएको खैरहनीका नगरप्रमुख शशीकुमार खनियाले जानकारी दिनुभयो । केही स्थानमा कोठा भाडामा लिएर समेत कक्षा सञ्चालन गरिएको र गृहकार्य कक्षाको लागि कापी समेत नगरपालिकाले उपलब्ध गराएको बताउनु भयो । विद्यालयमा अध्ययन गरेपछि घरमा सहजीकरण, सिकाउने व्यक्ति नहुदा विद्यार्थीले पर्याप्त शैक्षिक वातावरण नपाएको विषयलाई मध्यनजर गर्दै गृहकार्य कक्षा सञ्चालन गरिएको नगरप्रमुख खनियाले बताउनु भयो ।

 

विद्यालयमा दिइएको गृहकार्यसँगै अन्य थप विषयवस्तु र व्यवहारिक शिक्षा समेत गृहकार्य कक्षामा दिइँदै आएको छ । गृहकार्य कक्षाको सहायताले विपन्न परिवारका बालबालिकामा विद्यालयपश्चात पनि पढ्ने लेख्ने बानीको विकास हुने, अभिभावकको समय अभावमा समेत बालबालिकामाथी निगरानी र संरक्षण प्राप्त हुने खैरहनी नगरपालिककी उपप्रमुख कविता उप्रेतीले बताउनु भयो । गृहकार्य कक्षाको लागि वडा समितिले छनौट गरेका २८ जना सहजकर्ताहरुलाई खटाएको उहाँले बताउनु भयो । गृहकार्य कक्षाको लागि सहजकर्ताहरुमा बहालवाला शिक्षक, स्वयंसेवक शिक्षक र कक्षा १२ उत्तिर्ण गरेकाहरु रहेका छन् । प्रत्येक दिन दुईघण्टा कक्षा सञ्चालन हुँदै आएको छ । गृहकार्य कक्षा कार्यक्रममा नगरपालिकाको १३ वटै वडाका करिव ७ सय ८४ जना विद्यार्थी लाभान्वित हुने खैरहनीका नगर शिक्षा अधिकारी राजु बानियाँले जानकारी दिनुभयो । नगरपालिकाले यसअघि सामुदायिक विद्यालयहरुमा विषयगत अध्ययन गराउन ५८ जना स्वयंसेवक शिक्षकहरु खटाएर पठनपाठन गराउँदै आएको छ । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }