सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोशी प्रदेश

सरकार परिवर्तन गर्न खोजे प्रदेशसभा विघटन गर्ने मुख्यमन्त्रीको चेतावनी


  • माउन्टेन खबर
  • शनिबार, फाल्गुन २६, २०८०
  • 60
    SHARES

विराटनगर- संविधानको धारा १६८ को उपधारा ५ अनुसार कोशी प्रदेश सरकार गठन भएकाले केन्द्रमा नयाँ समीकरण बनेपनि सरकार गठन र विघटनबारे कोशी प्रदेशमा विवाद चुलिएको छ ।

संघीय सरकारको समीकरण फेरबदल भए पनि कोशी प्रदेशको प्रकृति फरक रहेको मुख्यमन्त्री केदार कार्कीको तर्क छ । मुख्यमन्त्री कार्कीले सरकारले विश्वासको मत लिएपछि २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने संविधानको प्रावधानलाई देखाउँदै त्यसपछि पनि आफ्नो सरकार हटाउन खोजे संसद नै विघटन गर्ने संकेत गर्नुभएको छ ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार प्रदेश सरकार गठन भएकाले प्रदेश सरकार विघटनसँगै नयाँ निर्वाचनमा जाने कोशी प्रदेश सरकारले बताउँदै आएको छ । तर संविधानका जानकारहरुले सर्वोच्च अदालतको फैसलाले सरकार गठनको विकल्प रहेसम्म प्रतिनिधि सभा वा प्रदेश सभा विघटन नहुने नजिर स्थापना गरेको जिकिर गरिरहेका छन् ।

कोशी प्रदेश सरकार विघटन र गठनबारे विवाद भईरहेका बेला केदार कार्की नेतृत्वको सरकारले गरेकेा कार्यप्रति स्वयं सत्तारुढ नेपाली कांग्रेस संसदीय दलले पनि अपनत्व नलिने जनाएको छ ।

नेपाली कांग्रेस कोशी प्रदेश सभापति एवम् संसदीय दलका नेता उद्धव थापाले अहिले प्रदेश सरकार प्राइभेट कम्पनी जस्तो चलेकाले यसले गरेका कार्यहरु विवादित रहेको बताउनु भयो ।

केही समयअघि कोशी प्रदेश सरकारले केही प्रदेश ऐनलाई संसोधन गर्न बनेको अध्यादेश ल्याएको थियो । त्यसपछि प्रदेश सरकार विस्तार गरेकोमा पार्टी गठबन्धन दलसँग सल्लाह नगरेको आरोप पनि लागेको छ ।

आफ्नै पार्टी पनि असन्तुष्ट जनाईरहेको बेला नयाँ समिकरण बनेपछि अध्यादेश र विधेयकहरु पास गर्न भने कुनै कठिनाई नहुने प्रदेश सरकार प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राई बताउनुहुन्छ ।

९३ सदस्यीय कोशी प्रदेश सभामा नेकपा एमालेको उपसभामुख सहित ४०, नेपाली कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको सभामुखसहित ६, नेकपा एकिकृत समाजवादीको ४ र जनता समाजवादी पार्टीका एक जना सांसद रहेका छन् ।

नयाँ समिकरण बनेपछि केदार कार्कीको पक्षमा २९ जना र विपक्षमा ५८ जना प्रदेश सांसदहरुको संख्या पुग्ने स्थिति छ । संसदीय मुल्य मान्यता र अभ्यास अनुसार अल्पमतमा परेपछि राजिनामा दिएर मार्गप्रशस्त गर्ने परम्परा रहेको भएपनि कोशी प्रदेशमा विशिष्ट परिस्थितिमा प्रदेश सरकार गठन भएकाले यसपटक पनि यहाँको विवाद सर्वोच्च अदालतसम्म पुग्ने देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }