बिहिबार, जेष्ठ ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

जरदारीद्वारा पाकिस्तानको १४ औं राष्ट्रपतिको रुपमा शपथग्रहण


  • माउन्टेन खबर
  • सोमवार, फाल्गुन २८, २०८०
  • 60
    SHARES

 

एजेन्सी ।आसिफ अली जर्दारीले पाकिस्तानको १४औँ राष्ट्रपतिको रुपमा शपथग्रहण गर्नुभएको छ । राष्ट्रपति भवनमा आयोजित एक समारोहमा उहाँले शपथग्रहण गर्नुभएको हो ।

 

पाकिस्तानका प्रधानन्यायाधीश काजी फैज इसाले नवनिर्वाचित राष्ट्रपति आरिफ अल्वी, प्रधानमन्त्री शाहबाज सरिफ, सशस्त्र सेनाका प्रमुख, राजनीतिज्ञ र विदेशी विशिष्ट व्यक्तिको उपस्थितिमा आयोजित समारोहमा नवनिर्वाचित राष्ट्रपतिलाई शपथग्रहण गराउनुभयो । यसअघि शनिवार पाकिस्तान पिपुल्स पार्टी संसदीय दलका सह–अध्यक्ष जरदारीले संसद र चार प्रान्तीय सभालगायत सबै इलेक्टोरल कलेजबाट १८१ मतको बिरुद्धमा ४११ मत ल्याएर विजयी हुनुभएको थियो ।

 

सत्तारुढ गठबन्धनका उम्मेदवार जरदारीले सिनेट र नेशनल एसेम्बलीलगायत संसदका दुई सदनको संयुक्त सत्रमा २५५ मत प्राप्त गर्नुभयो । पूर्वी पञ्जाव प्रान्तबाट ४३ मत, उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तबाट आठ र दक्षिणपश्चिम बलुचिस्तान प्रान्तबाट ४७ मत प्राप्त गर्नुभयो । दक्षिणी सिन्ध प्रान्तबाट ५८ मत प्राप्त गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }