बिहिबार, जेष्ठ ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

ओपेनहाइमरलाई सर्वाधिक ७ ओस्कार अवार्ड, अन्य क–कसले जिते अवार्ड ?


  • माउन्टेन खबर
  • सोमवार, फाल्गुन २८, २०८०
  • 71
    SHARES

Producers of “Oppenheimer” British film producer Emma Thomas (C), US film producer Charles Roven (L) and British filmmaker Christopher Nolan accept the award for Best Picture onstage during the 96th Annual Academy Awards at the Dolby Theatre in Hollywood, California on March 10, 2024. (Photo by Patrick T. Fallon / AFP)

एजेन्सी । लस एन्जलसको डल्बी थिएटरमा आज ९६ औं ओस्कर अवार्डको घोषणा गरिएको छ । ओपेनहाइमरले समारोहमा उत्कृष्ट चलचित्र सहित कुल सात अवार्ड जित्यो ।

किलियन मर्फी उत्कृष्ट अभिनेता, क्रिस्टोफर नोलन उत्कृष्ट निर्देशक बने । यस फिल्मका लागि रोबर्ट डाउनी जूनियरले उत्कृष्ट सहायक अभिनेताको अवार्ड प्राप्त गरे । यो उनको करियरको पहिलो ओस्कार हो ।

ओपेनहाइमरले उत्कृष्ट चलचित्र सम्पादन, उत्कृष्ट मौलिक स्कोर र उत्कृष्ट छायांकन विधामा पनि अवार्ड जितेको छ । चलचित्र कुल १३ विधामा मनोनयनमा परेको थियो ।

फिल्म पुअर थिङ्सले चार विधामा ओस्कार अवार्ड जितेको छ । फिल्मकी मुख्य अभिनेत्री एम्मा स्टोनले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरिन् । बेस्ट एक्ट्रेस बाहेक पुअर थिङ्सले बेस्ट कस्ट्युम डिजाइन, प्रोडक्सन डिजाइन र मेकअप र हेयरस्टाइलिङ विधामा पनि ओस्कार पायो ।

फिल्म बार्बीले एउटा मात्र ओस्कार पायो । बिली इलिश र फिनीस ओकोनेलले उत्कृष्ट मौलिक गीतको लागि ओस्कार जिते । फिल्मले ८ विधामा मनोनयन प्राप्त गरेको थियो ।

डावाइन जोय रैंडोल्फ कोले द होल्डोभर्सका लागि सर्वश्रेष्ठ सहअभिनेत्रीको अवार्ड जितिन् । ‘वार इज ओभर’ उत्कृष्ट एनिमेटेड सर्ट फिल्म बनेको छ । अमेरिकन फिक्शनले बेस्ट एडाप्टेड स्क्रिनप्लेको लागि ओस्कार अवार्ड प्राप्त गर्यो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }