बिहिबार, जेष्ठ ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

पाकिस्तानको १९ सदस्यीय संघीय मन्त्रिपरिषद्द्वारा शपथग्रहण


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन २९, २०८०
  • 38
    SHARES

 

नवनिर्वाचित पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफको १९ सदस्यीय संघीय मन्त्रिपरिषद्ले राजधानी इस्लामावादको राष्ट्रपति भवनमा आयोजित एक समारोहमा शपथ लिएको छ । राष्ट्रपति आसिफ अली जर्दारीले १८ जना संघीय मन्त्री र एक राज्यमन्त्री रहेका मन्त्रिपरिषद्का सदस्यहरुलाई शपथ गराउनुभएको हो । यसअघि प्रधानमन्त्रीले संघीय मन्त्रिपरिषद्मा समावेश गर्नका लागि राष्ट्रपतिसमक्ष १९ वटा नाम सिफारिस गर्नुभएको थियो । जसमध्ये अधिकांश पाकिस्तान मुस्लिम लिग–नवाजका थिए । देशको नवगठित गठबन्धन सरकारको प्रमुख राजनीतिक दल पाकिस्तान पिपुल्स पार्टी पार्टीले निर्णय गरेअनुसार संघीय मन्त्रिपरिषद्को हिस्सा छैन । यद्यपि मुत्ताहिदा कौमी मुभमेन्ट–पाकिस्तान र इस्तेहकाम–ए–पाकिस्तान पार्टी लगायत अन्य सहयोगी राजनीतिक दलका सदस्यहरूले पनि संघीय मन्त्रीको रूपमा शपथ लिएका छन् । नयाँ मन्त्रिपरिषद्मा राष्ट्रिय सभाका सदस्य, सिनेटर र टेक्नोक्रेटहरू समावेश छन् । मन्त्रिपरिषद् सदस्यहरूको लागि विभागहरू पछि घोषणा गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }