शुक्रबार, जेष्ठ ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकामा टिकटक प्रतिबन्ध लगाउन संसदबाट विधेयक पारित


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र १, २०८०
  • 45
    SHARES

काठमाडौं- अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउन सक्ने ऐतिहासिक विधेयक पारित गरेको छ । यसले सामाजिक सञ्जालको विशाल चिनियाँ मूल कम्पनी बाइटडान्सलाई आफ्नो नियन्त्रण गर्ने हिस्सेदारी बेच्न ६ महिनाको समय दिनेछ । अन्यथा सो एपलाई अमेरिकामा रोक लगाइनेछ ।

फरक विचारधारा भएका दुई पार्टीको अत्यधिक मतबाट तल्लो सदनमा यो विधेयक पारित भएको हो । यद्यपी कानुन बन्नका लागि भने विधेयक संसदको माथिल्लो सदन सिनेटबाट पारित भई राष्ट्रपतिबाट हस्ताक्षर हुन आवश्यक हुन्छ ।

अमेरिकामा टिकटकमा चीनको प्रभावबारे सांसदहरूले लामो समयदेखि चिन्ता र चासो व्यक्त गर्दै आएका छन् । टिकटक चीनिया कम्पनी बाइट डान्सको स्वामित्वमा छ ।

अमेरिकामा चीनिया कम्युनिस्ट पार्टीको नियन्त्रणमा रहेको एप राष्ट्रिय सुरक्षाको दृष्टिकोषणले जोखिमपूर्ण भएको सांसदहरुको भनाइ छ । अमेरिकामा टिकटकका १५ करोड प्रयोगकर्ता छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }