बिहिबार, जेष्ठ ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

रुसमा राष्ट्रपतीय निर्वाचनको मतदान शुरु


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र २, २०८०
  • 37
    SHARES

 

रुसमा राष्ट्रपतीय निर्वाचनको मतदान शुरु भएको छ । रुसी मतदाताहरूले स्थानीय समयअनुसार शुक्रवार बिहान ८ बजेदेखि सुदूरपूर्व क्षेत्रमा कामचटका, चुकोटका र अन्य क्षेत्रहरूमा सन् २०२४ को राष्ट्रपतीय निर्वाचनका लागि मतदान गर्न शुरु गरेका हुन् । शीर्ष पदका लागि चार उम्मेद्वारहरू प्रतिस्पर्धा गर्नेछन् ।

लिबरल डेमोक्रेटिक पार्टीका लियोनिद स्लुत्स्की, रुसी कम्युनिष्ट पार्टीका निकोलाई खारिटोनोभ, न्यु पिपुल पार्टीका भ्लादिस्लाव दाभान्कोभ र वर्तमान राष्ट्रपति तथा स्वतन्त्र उम्मेदवार भ्लादिमिर पुटिन रहनुभएको छ । रुसले बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने ९० हजारभन्दा बढी मतदान केन्द्र स्थापना गरेको छ । धेरै समय क्षेत्रहरूमा रूसको विशाल विस्तारलाई ध्यानमा राख्दै, सुदूर पूर्व क्षेत्रमा अवस्थित कामचटका र चुकोटका मतदान शुरु गर्ने पहिलो क्षेत्रहरू हुन् । रूसको पश्चिमी छेउमा अवस्थित कालिनिनग्रादका मतदान केन्द्रहरू मतदान शुरु गर्ने अन्तिम क्षेत्र भएको छ ।

रुसी केन्द्रीय निर्वाचन आयोगले जारी गरेको तथ्याङ्क अनुसार विदेशमा बस्ने १८ लाखभन्दा बढी सहित करिव ११ करोड रूसी नागरिक मतदान गर्न योग्य छन् । रुसको राष्ट्रपति निर्वाचन नियमावली अनुसार ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारले विजय सुनिश्चित गर्नेछ । दुई भन्दा बढी उम्मेदवार रहेका र कसैले पनि ५० प्रतिशत मत नपुगेको अवस्थामा केन्द्रिय निर्वाचन आयोगले शिर्ष दुई उम्मेदवारका लागि दोस्रो चरणको मतदान घोषणा गर्नेछ । दोस्रो चरणमा सबैभन्दा बढी मत ल्याउने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुनेछन् । रूसी केन्द्रीय निर्वाचन आयोगले मार्च २८ भन्दा पछि चुनाव परिणामहरू पुष्टि गर्नेछ र त्यसपछि पुष्टि भएको तीन दिन भित्र परिणामहरू घोषणा गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }