बिहिबार, जेष्ठ ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा अप्रिल १९ देखि जुन १ सम्म आम निर्वाचन हुने


  • माउन्टेन खबर
  • आइतवार, चैत्र ४, २०८०
  • 57
    SHARES

एजेन्सी । भारतको निर्वाचन आयोगले देशको आगामी आम निर्वाचन अप्रिल १९ देखि सात चरणमा हुने जनाएको छ ।

भारतका मुख्य निर्वाचन आयुक्त राजिव कुमारले पत्रकार सम्मेलनमा जुन १ गतेसम्म हुने निर्वाचनको सम्पूर्ण कार्यतालिका घोषणा गर्नुभएको हो ।

दक्षिण एशियाली देशका १० लाखभन्दा बढी मतदान केन्द्रमा करिव ९७ करोड मानिसले मतदान गर्ने अपेक्षा गरिएको अधिकारीहरूले बताएका छन् । भारतका मुख्य निर्वाचन आयुक्त राजिव कुमारले पैसाको दुरुपयोग, मांसपेशी, गलत सूचना र आदर्श आचारसंहिता उल्लङ्घन निर्वाचन आयोगका प्रमुख चुनौति रहेको बताउनु भयो । आगामी निर्वाचनमा हिन्दु राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा)बाट वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि उम्मेदवार बन्न खोजिरहनुभएको छ ।

उहाँले मुख्य विपक्षी कांग्रेस पार्टीको नेतृत्वमा रहेको इण्डियन नेशनल डेभलपमेण्टल इन्क्लुसिभ एलायन्स (इण्डिया) नामक करिब दुई दर्जन विपक्षी दलहरूको गठबन्धनबाट चुनौती सामना गर्नुपर्नेछ । मोदीको भाजपाले आफ्नो लागि ३७० सिट र राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) भनेर चिनिने गठबन्धनका लागि ४०० सिटको लक्ष्य राखेको छ । २०१९ मा भएको पछिल्लो चुनावमा, भाजपाले भारतीय संसदको ५४३ सदस्यीय तल्लो सदनमा ३०३ सिट जितेको थियो । सन् १९८० मा गठन भएयता त्यो पार्टीको अहिलेसम्मकै धेरै सिट हो । सन् १९४७ मा बेलायती शासनबाट देश स्वतन्त्र भए यता धेरै वर्ष सत्तामा रहेको भारतीय कांग्रेस पार्टी पुनरागमनका लागि कडा संघर्ष गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }