शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सत्ता गठबन्धन आफैँ झगडा गरेर समाप्त हुन्छ: सांसद पौडेल


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १३, २०८०
  • 38
    SHARES

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले सत्तारुढ गठबन्धन आफैँ झगडा गरेर समाप्त हुने बताउनुभएको छ ।

सांसद पौडेलले सत्ता गठबन्धन स्थायी नहुने दाबी समेत गर्नुभयो । मंगलवार काठमाडौंमा आयोजित ‘नेपालको लोकतान्त्रिक आन्दोलन र नविन्द्रराज जोशी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सत्तारुढ गठबन्धन स्थायी नहुने भएकाले काँग्रेसलाई फेरि मुलुकले सत्तामा पुर्‍याउने जिकिर समेत गर्नुभयो । पर्खिएर बसेको खण्डमा काँग्रेसलाई यो देशले आफैँ फेरि सत्तामा पुर्‍याउने सांसद पौडेलको भनाई थियो । उहाँले काँग्रेसका लागि सत्ता ठूलो नभएको भन्दै सत्तामा पुगेपछि देश र जनताको पक्षमा गर्ने कामको भने दृष्टिकोण बनाएर बस्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।

सांसद पौडेलले भन्नुभयो,‘नेपाली काँग्रेसका लागि सत्ता ठूलो होइन । पर्खेर बसौं–काँग्रेसलाई यो देशले आफैं फेरि सत्तामा पुर्‍याउँछ । त्यसका निम्ति हतार नगरौं । अहिले जुन गठबन्धन बनेको छ । त्यो गठबन्धन चीरस्थायी हुँदैन । चिरञ्जीवी हुँदैन । उहाँहरु आफैँमा झगडा गरेर यो गठबन्धन समाप्त हुनेछ । तर नेपाली काँग्रेस सत्तामा जाँदैगर्दा किन जाने हो, के गर्न जाने हो, कुन कुन क्षेत्रमा कसरी काम गर्ने हो ? भन्ने कुरा प्रष्ट हुनुपर्छ । अहिले देखिएका बेथितिहरुको अन्त्य कसरी गर्ने हो ? त्यसको फेहरिस्त हामीसँग हुनुपर्छ । त्यसैले ब्लुप्रिन्ट तयार गर्नतिर लागौं । नेपालको समृद्धि हामीले कसरी गर्दैछौं ? नेपालमा सुशासन हामीले कसरी कायम गर्दैछौं ? नेपालका तमाम शैक्षिक संस्थाहरु हामीले कसरी सुधार गर्दैछौं ? नेपालको स्वास्थ्य क्षेत्रमा सामान्य मानिसहरुको पहुँज कसरी स्थापित गर्दैछौं ? वैदशिक रोजगारीको यो बाध्यतालाई कसरी न्युनिकरण गरेर लाँदैछौ ? यी तमाम विषयमा हामीले एउटा स्पष्ट दृष्टिकोण बनाएर अगाडि बढौं ।’

सांसद पौडेलले लोकतन्त्रमाथि देखिएका बेथिति अन्त्य गर्ने कामको नेतृत्व, मुलुकको समृद्धि यात्राको नेतृत्व नेपाली काँग्रेसले नै गर्ने समेत बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }