शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि एनआरएनए र चार पालिकाबीच समझदारीपत्रमा हस्ताक्षर


  • माउन्टेन खबर
  • बुधबार, चैत्र १४, २०८०
  • 34
    SHARES

काठमाडौं। लुम्बिनी क्षेत्रको पर्यटन पवद्र्धन तथा विकासको लागि गैरआवासीय नेपाल संघले चार नगरपालिकासँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

 

बुधवार वालुवाटरस्थित संघको कार्यालयमा लुम्बिनी प्रदेश अन्तर्गतका भगवान गौतमबुद्धको जन्मस्थल वरपर रहेका देवदह नगरपालिका,रामग्राम नगरपालिका,कपिलवस्तु नगरपालिका र लुम्बिनी नगरपालिकासँग लुम्बिनी क्षेत्रको पर्यटन पवद्र्धन तथा विकासको लागि समझदारी पत्रका हस्ताक्षर भएको हो । सम्झौता पत्रमा गैरआवासीय नेपाल संघको तर्फबाट संघका अध्यक्ष बद्रि केसी र चारवटै नगरपालिका नगर प्रमुखहरुले हस्ताक्षर गर्नुभएको छ । हस्ताक्षर पछि कार्यक्रममा बोल्दै संघका अध्यक्ष बद्री के.सी.ले ११० देशमा पुगेका ७० लाख नेपालीले नेपाल चिनाउनको लागि दुतको काम गरिरहेको बताउनु भयो । उहाँले विदेशमा रहेका ७० लाख नेपालीले नेपाललाई मात्रै नभएर नेपालभित्र रहेका कला,सस्कृति र पर्यटनको सम्भावनालाई सम्बोधन गरी समृद्ध नेपाल बनाउनको लागि दुतको रुपमा कामगरिरहेको बताउनु भयो । अध्यक्ष केसीले नेपालमा सबैभन्दा कम लगानी गरेर छोटो समय सफलता हासिल गर्न सक्ने क्षेत्र पर्यटन भएको बताउनु भयो । उहाँले नेपाललाई प्रकृतिले विश्वको सबैभन्दा धनी देश बनाएको दाबी गर्नुभयो । अध्यक्ष केसीले नेपालको संस्कृति र प्राकृतिलाई विश्वमा प्रवद्र्धन गरी बेच्न सकिने धारणा राख्नु भयो । उहाँले नेपालको प्राकृतिक र संस्कृतिलाई विदेशी पर्यटन ल्याएर बेच्न सक्यो भने मात्रै मुलुकको समृद्धि हुने जिकिर गर्नुभयो । लुम्बिनीको बुद्ध सर्किटको इतिहासलाई व्याख्या गर्नसके चार नगरपालिकामा एक साता पर्यटक घुम्नसक्ने सम्भावना रहेको बताउनु भयो । नेपाल सरकार तथा स्थानीय तहहरुले त्यो ठाउँ बनाउन नसकेको भनाई थियो । उहाँले गौतम बुद्धको देश भनेर ७० लाख नेपालीले प्रचार गर्ने बताउनु भयो । उहाँले संघले काठमाडौं केन्द्रित भन्दा पनि अब प्रदेश र स्थानीय तहसम्म पुग्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले संघले छोटो समयमा काम गरेर देखिने गरी काम गर्नसक्ने ठाउँ भनेको लुम्बिनी सर्किट रहेको बताउनु भयो । गौतम बुद्धको जन्म स्थलको विकास र प्रवद्र्धन गर्ने जिम्मा बुद्धका अनुयायी र बुद्ध धर्मावलम्बीको पनि हो भन्ने काम गैरआवासीय नेपालीले मात्रै गर्नसक्ने अवस्था रहेको बताउनु भयो ।

 

गैरआवासीय नेपाली संघले लुम्बिनीको पर्यटन प्रवद्र्धनको लागि पूर्वाधार क्षेत्रमा पनि लगानी जनाएको छ । लुम्बिनी सर्किटमा सुविधा सम्पन्न पर्यटन पूर्वाधार पनि बन्न आवश्यक रहेको भन्दै चारै स्थानीय तहरुसँग हातेमालो गरेर संघ अघि बढ्ने संघले प्रतिवद्धता जनाएको छ । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }