शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

राजनीतिक दलका लागि सत्तामात्रै महत्वपूर्ण हुन थाल्योः प्रदीप पौडेल


  • माउन्टेन खबर
  • बुधबार, चैत्र १४, २०८०
  • 31
    SHARES

काठमाडौं। नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले राजनीतिक दलका लागि सत्तामात्रै महत्वपूर्ण भएको हुने गरेको बताउनुभएको छ ।

 

बुधवार विश्व परिवेशमा प्रजातन्त्र र मानव अधिकार रक्षार्थ सञ्चार वकालत कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले राजनीतिक दलहरुका लागि सत्ता नै सबैथोक हुने गरेको उल्लेख गर्नुभयो । उहाँले नयाँ राजनीतिक दल वा पुराना राजनीकि दलहरु सबैका लागि सत्ता नै सबैथोक भएको भन्दै यसले लोकतन्त्रको रक्षा हुन नसक्ने जिकिर गर्नुभयो । उहाँले सत्ता प्राप्तिका लागि राजनीतिक दलहरु मानव अधिकार उल्लंघन गर्न पनि तयार हुने गरेको बताउनु भयो । उहाँले सत्ता केन्द्रित राजनीतिक मनोविज्ञान भएको हुनाले नागरिक आन्दोलनले मात्रै निःस्वार्थ ढंगबाट कुराहरु उठाउन सक्ने बताउनु भयो । उहाँले अहिले नागरिक आन्दोलन कमजोर बन्दै गएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले नागरिक आन्दोलन कमजोर भएको छ । नागरिक आन्दोलन नै छैन । त्यसैले राजनीतिक दल सत्तामा जान्छ, सत्तामा गएपछि विपक्षमा हुँदा जे कुरा गर्दथ्यो, सत्तामा गएपछि फरक कुरा गर्दछ । राजनीतिक दलका लागि विशेष गरी नेपालको परिवेशमा सत्तामात्रै उसको सबैथोक भयो । नयाँ भन्नुस्, पुराना भन्नुस्, सबै दलको मुख्य विषय नै सत्ता भयो । त्यसैले सत्ता प्राप्तिका निम्ति मानव अधिकार उल्लंघन गर्न पनि तयार, लोकतान्त्रिक मूल्य, मान्यतालाई परित्याग गर्न पनि तयार छ, उसको दर्शन मान्यतालाई छोड्न पनि तयार छ । एकदमै धेरै सत्ता केन्द्रित राजनीतिक मनोविज्ञान भएको हुनाले नागरिक आन्दोलनले मात्रै निःस्वार्थ ढंगबाट कुराहरु उठाउन सक्छ ।’

 

सांसद पौडेलले संसदको चुनाव गर्ने र बहुमत जुटाएर प्रधानमन्त्री बन्नेकुरा मात्रै लोकतन्त्र नभएको बताउनु भयो । उहाँले राज्यले आम नागरिकप्रति उत्तरदायी भएर काम गर्नु र सरकार जवाफदेही बन्नु लोकतन्त्र भएको बताउनु भयो । उहाँले सुशासनको स्थिति अहिले विगतको भन्दा कमजोर रहेको बताउनु भयो । उहाँले आम जनताको न्यायमा पहुँच पुग्न नसक्नु अर्को बिडम्वना भएको बताउनु भयो । सांसद पौडेलले कानूनबाट चल्नुपर्ने देश ट्रस्टीबाट चलेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘लोकतन्त्र भनेको खालि संसदको चुनाव गर्ने, त्यहाँ बहुमत संख्या जुटाएर प्रधानमन्त्री बन्ने मात्रै होइन । लोकतन्त्रको मानक के हो ? भन्दा राज्यले आम नागरिकप्रति उत्तरदायी भएर काम गरेको छ की छैन, सरकार जवाफदेही बनेको छ की छैन, त्यो मुख्य सवाल हो । त्यससँग जोडेर हेर्दा सुशासनको स्थिति पहिलाको भन्दा अहिले खस्किएको अवस्था छ । आम मानिसको न्यायमा पहुँच पुग्न सकेको स्थिति छैन । न्यायधरी पहुँचले प्राप्त हुने स्थिति भइसकेपछि त्यो भन्दा गम्भीर समस्या अरु के हुन्छ ? न्यायका आफ्नै सिद्धान्त हुन्छन् । न्यायलाई त कानूनले सुनिश्चित गरेको हुन्छ,हामीले त विधिको शासन निर्माण गर्न खोजेको हो नि । विधिको शासन स्थापित गर्न चाहने हामीले पहुँच पुगे मात्रै आफ्ना निम्ति प्राप्त हुने स्थिति छ, त्यो मानव अधिकारको पक्षबाट गम्भीर त्रुटी हो । यो देश ट्रस्टीबाट चलेको छ । कोही त्यो ट्रस्टी भित्र छिर्छ, कोही निस्किन्छ, निश्चित ट्रस्टीले मनपरी ढंगबाट देश चलाइरहेको स्थिति छ । यो त सिण्डिकेट भयो । देश त कानूनले चलाउनुप¥यो नि । संविधानबाट चल्नुपर्छ । केही मानिसहरुबाट चलाएर हुन्छ ?’

 

उहाँले विधिको शासन स्थापित गर्न चाहने देशमा पहुँच पुगेमात्रै न्याय प्राप्त गर्ने स्थिति बन्नु दुःखद् भएको बताउनु भयो । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }