शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

काँग्रेस सांसद गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र १६, २०८०
  • 37
    SHARES

काठमाडौँ। नेपाली काँग्रेसका सांसद टेकबहादुर गुरुङको सांसद पदको निलम्बन फुकुवा भएको छ। सर्वोच्च अदालतले मनाङबाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद पदको निलम्बन फुकुवा गर्न शुक्रवार आदेश दिएको हो।

श्रम मन्त्री हुँदाको एउटा मुद्दालाई आधार मानेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र अनुसार सङ्घीय संसदले उनको पद निलम्बन गरेको थियो।

गुरुङले निलम्बन फुकुवाको लागि गत महिनाको फागुन २१ गते रिट दाएर गरेका थिए। उक्त निलम्बन विरुद्ध सर्वोच्च अदालत पुगेका गुरुङको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशहरू मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले शुक्रवार रिट जारी गरेको हो। अदालतबाट रिट जारी भएसँगै संसदीय गतिविधिमा भाग लिन बाटो खुलेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }