शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सरकारले निर्माण व्यवसायीको समस्या तत्काल समाधान गर्नुपर्छः सभापति सिंह


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र १६, २०८०
  • 35
    SHARES

 

हेटौँडा । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले निर्माण व्यवसायीहरुले भागेको समस्या सरकारले तत्काल समाधान गर्नुपर्ने बताउनुभएको छ ।

 

शुक्रवार नेपाल निर्माण व्यवसायी महासंघको हेटौँडामा भएको २५ औं वार्षिक साधरण सभामा बोल्दै सभापति सिंहले सरकारसँग यस्तो माग गर्नुभएको हो । उहाँले निर्माण व्यवसायीहरुले भुक्तानी,आयोजनाका माद थप जस्ता अन्य समस्याहरु भोग्दै आएको भन्दै सरकारकाले तत्काल समाधान गरी सहजिकरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालमाथि उद्योगी व्यवसायीहरुको भरोसा रहेको भन्दै प्रधानमन्त्रीले तत्काल समाधान गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले पुरानो गठबन्धनमा प्रधानमन्त्रीलाई काम गर्न अफ्ठ्यारो भएकाले केही समस्या आएको भन्दै अहिले नयाँ समिकरणमा काम गर्न सहज भएको बताउनु भयो । उहाँले प्रधानमन्त्री एकतिर र अर्थमन्त्री अर्कोतिर भएकाले निर्माण व्यवसायीहरुको समस्या समाधान हुन नसकेको भन्दै अब सहज रुपमा हुने विश्वास लिएको बताउनु भयो । उहाँले सरकारले निर्माण व्यवसायीहरको ६० अर्ब रुपैयाँ तत्काल भुक्तानी दिन सक्नुपर्ने बताउनु भयो । सिंहले निर्माण उद्योगलाई चलायमान बनाउनको लागि बैंकको ब्याजदर घट्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘विगतको सरकारमा गढबडी भएको थियो । मिल्दै नथियो । प्रधानमन्त्री एकतिर फर्कने,अर्थमन्त्री अर्कोतिर फर्केर कुखुराले ओथारो बसेजस्तो बस्ने । मिलेको थिएन । अहिले जोड मिलेको छ । प्रधानमन्त्री र अर्थमन्त्री एउटै पार्टीको हुनुहुन्छ । मलाई विश्वास छ । अब निर्माण व्यवसायीहरुको समस्या समाधान तत्काल हुनेछ । अहिले ६० अर्ब बढी निर्माण व्यवसायीहरुको रकम भुक्तानी सरकारले दिइरहेको छैन । बैंकको ब्याजदर पनि घटाउनु पर्छ । विद्यार्थी युवाहरु विदेश पलायन भइसके । एसइई पास गरेकाहरु खाडी गइसके । देश निर्माण गर्न उद्योगीहरु बाहेक कोही छैन । उनीहरुलाई पनि पलायन हुनबाट रोकौं । कयौं उद्योगहरु आत्महत्या गरिरहेका छन् । व्यवसायीहरुको समस्या समाधान गर्नुपर्छ ।’

 

उहाँले सरकारले युवा विद्यार्थीहरु सबै विदेश पलायन भएको र उद्योगी व्यवसायी मात्रै स्वदेशमा रहेकाले उद्योगी व्यवसायीहरुलाई पनि विदेश पलायनबाट रोक्न जरुरी रहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }