शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालको राजीनामा स्वीकृत


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र १६, २०८०
  • 43
    SHARES

 

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट दिनुभएको राजीनामा स्वीकृत भएको छ ।

 

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रवार बसेको राष्ट्रिय सभा बैठकमा उहाँले पदबाट दिनुभएको राजीनामा स्वीकृति गरिएको बताउनुभएको हो । उपाध्यक्ष अर्यालले बिहीवार अध्यक्ष दाहालसमक्ष पदबाट राजीनामा दिनुभएको थियो ।

अध्यक्ष दाहालले भन्नुभयो,‘राष्ट्रिय सभाका माननीय उपाध्यक्षले पदबाट दिनुभएको राजीनामा सनाखत गराई स्वीकृत भएको व्यहोरा सभा समक्ष जानकारी गराउँदछु ।’

नेकपा (माओवादी केन्द्र) को तर्फबाट उपाध्यक्ष रहनुभएकी अर्यालले नयाँ सत्ता समिकरणसँगै उपाध्यक्ष पद अन्य दलको भागमा परेपछि राजीनामा दिनुभएको हो । राजीनामा पत्रमार्फत उहाँले पदीय जिम्मेवारीमा रहँदा साथ दिएको भन्दै राष्ट्रिय सभाका अध्यक्ष, सांसदहरु र संसद सचिवालयका पदाधिकारीसहित सहयोगी सबैलाई धन्यवाद समेत दिनुभयो । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }