बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

न्याय मरेको छैन भन्ने कुरा सर्वोच्चले स्थापित गरेको छ : दुर्गा प्रसाईं


  • माउन्टेन खबर
  • आइतवार, चैत्र १८, २०८०
  • 252
    SHARES

काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले सर्वोच्च अदालतबाट आफूलाई न्याय मिलेको प्रतिक्रिया दिएका छन् ।

आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रसाईले राज्यले १३ वर्षदेखि बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन नदिएर तड्पाइरहेकोमा अहिले आएर सर्वोच्चले न्याय दिएको बताए ।

‘हामी सबैको पहलमा सर्वोच्च अदालतबाट १३ वर्षपछि अन्याय परेको हामीलाई न्याय मिलेको छ ।  एलओआई दिएर पनि १३ वर्षदेखि हामीलाई तड्पाइराखेको थियो’, उनले भने, ‘न्याय मरेको छैन भन्ने कुरा सर्वोच्चले स्थापित गरेको छ।  न्यायपालिकालाई धन्यवाद दिन चाहन्छु ।’ केही दिनअघि सर्वोच्च अदालतले प्रसाईंको रिटको पक्षमा आदेश सुनाएसँगै बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन लिन बाटो खुलेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)