मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कर्णाली प्रदेशमा सरकार गठनका लागि आव्हान


  • माउन्टेन खबर
  • बुधबार, चैत्र २१, २०८०
  • 275
    SHARES

सुर्खेत-कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि दावी पेश गर्न दलहरुलाई आव्हान गर्नु भएको छ ।

उहाँले आज विज्ञप्ति जारी गर्दै दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा सरकार बनाउनका लागि दलहरुलाई आव्हान गर्नु भएको हो ।

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आजै पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख परियारले नयाँ सरकार गठनका लागि दलहरुलाई आव्हान गर्नु भएको छ ।

दावी पेश गर्ने समय चैत्र २७ गते दिउँसो ५:५० बजेसम्मको दिइएको छ । केन्द्रीय सत्ता समिकरण बदलिएसँगै कर्णालीमा एमालेको भागमा परेको छ ।

शर्माले राजीनामा दिएसँगै एमाले संसदीय दलका नेता यामलाल कँडेलको नेतृत्वको कर्णालीमा नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)