बिहिबार, बैशाख २०, २०८१

कर्णालीमा एमालेका यामलाल कँडेल मुख्यमन्त्री बन्दै


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र २२, २०८०
  • 40
    SHARES

काठमाडौं । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका यामलाल कँडेल नियुक्त हुने भएका छन् । सत्ता गठबन्धन दलबीच भएको सहमतिअनुसार माओवादीबाट मुख्यमन्त्री भएका राजकुमार शर्माले राजीनामा दिएसँगै एमालेका कँडेललाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।

प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि सात दिनको समय दिएर आह्वान गरिसकेका छन् । अब सम्भवत: आजै एमाले प्रदेशसभा संसदीय दलका नेता कँडेल बहुमत जुटाएको दाबी गर्दै प्रदेश प्रमुखसमक्ष पुग्ने छन् । प्रदेश प्रमुखले पनि कँडेललाई नै मुख्यमन्त्री नियुक्त गर्ने छन् ।

कर्णालीमा बहुमतीय सरकार गठनका लागि प्रदेश प्रमुखले २७ गतेसम्मको समय दिएका छन् । गठबन्धनमा स्पष्ट बहुमत भएकाले आजै कँडेल प्रदेश प्रमुख समक्ष जाने तयारीमा छन् ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका सभामुखसहित १०, नेकपा एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र एक/एक प्रदेशसभा सदस्य छन् ।

एमालेबाट मुख्यमन्त्री हुने कँडेल अघिल्लो कार्यकालको प्रदेशसभामा एमालेका तर्फबाट मुख्यमन्त्रीका प्रमुख दाबेदार थिए । त्यसबेला एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि माओवादीका महेन्द्रबहादुर शाही मुख्यमन्त्री बनेका थिए । तर पार्टी एउटै भए पनि उनीहरुको सम्बन्ध कहिल्यै सुमधुर भएन । कँडेलकै नेतृत्वमा दुई पटक अविश्वासको प्रस्ताव पेश भएको थियो । अहिले कँडेल त्यही माओवादीको साथ र समर्थनमा मुख्यमन्त्री बन्न लागेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }