मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

होटल संघ नेपालबाट प्रकाशित फेस्टिभल क्यालेन्टर विमोचित


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र २२, २०८०
  • 34
    SHARES

 

 

काठमाडौं । देशभरिबाट सहभागिता रहेको होटल संघ नेपालको कार्यसमिति वैठकमा संघबाट प्रकाशित सातै प्रदेशका चाडपर्व, उत्सव तथा जात्राहरुलाई समेटेर तयार गरिएको २०८१ सालको वार्षिक टेबुलक्यालेन्डर माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले आज काठमाडौंमा विमोचन गर्नुभयो ।

 

सो अवसरमा होटल संघ नेपालका अध्यक्ष विनायक शाहले अन्तर्राष्ट्रिय पर्यटन बजारबाट नेपालको चाडपर्व तथा जात्राहरु बारे सोधपुछ हुने गरेकोले उक्त क्यालेन्डर प्रकाशित गरेको बताउनुभयो । साथै अध्यक्षशाहले उक्त क्यालेन्डर स्वदेशी तथा विदेशी प्रतिष्ठित टूर अपरेटरका साथै गैर आवासीय नेपाली संगठन तथा विदेशीस्थित नेपाली नियोगहरु मार्फत पनि वितरण गरी मुलुकमा अन्तर्राष्ट्रिय पर्यटकहरुको नेपाली मौलिक चाडपर्व जात्रा प्रतिबढ्दै गएको आकर्षणलाई सम्बोधन गर्ने प्रयास गरिएको बताउनुभयो ।

 

विमोचनको क्रममा मन्त्री तामाङले यस चाडपर्व तथा जात्रा लक्षित क्यालेन्डरबाट मुलुकको प्रचारप्रसार भई विदेश्ी पर्यटकहरुको आकर्षण बढ्ने हुँदा यो एउटा पर्यटन प्रवद्र्धनको राम्रो माध्यम भएको बताउँदै मुलुकको पर्यटन प्रवद्र्धनमा अग्रसर भई निजी क्षेत्रसँगको समन्वयमा काम गरिने बताउनुभयो । उहाँले होटल क्षेत्रको अझ विकास र विस्तारका लागि उद्योगमा वर्गिकरण गरी उद्योगले पाउनु पर्ने सेवा सुविधा दिलाउने विश्वास दिलाउनुभयो ।

 

उक्त अवसरमा मन्त्री तामाङले आतिथ्यता सम्बन्धी क्लाउडवेस इ–लर्निङ तालिम कोर्षहरु पनि अपलोड गरी शुभारम्भ गर्नुभयो । यस कोर्षबाट दूरदराजमा रहेका साना तथा मझौला होटलहरुमा कार्यरत कामदार तथा कर्मचारीहरुलाई दक्षता र सीप विकास गराउन सघाउ पुग्ने उहाँले बताउनुभयो ।

 

कार्यक्रममा महासचिव साजन शाक्यले नेपालमा होटलले भोगिरहेको समस्याका बारेमा जानकारी गराउनुभयो भने वरिष्ठ उपाध्यक्ष प्रविणबहादुर पाण्डेले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }