आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विविधतामा एकता नै नेपालको सुन्दरताः सभामुख मण्डल


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र २७, २०८०
  • 263
    SHARES

 

जनकपुरधाम । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले विविधतामा एकता नै नेपालको सुन्दरता भएको बताउनुभएको छ ।

मुस्लिम समुदायको जारी रमजान पर्वको अवसरमा आयोगद्वारा जनकपुरधाममा आयोजित इफ्तार कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख मण्डलले विविधतामा एकता नै नेपालको सुन्दरता भएको बताउनु भयो । उहाँले मुस्लिम समुदायको पवित्र महिनाको रुपमा रहेको रमजानले आपसी भाइचारा तथा सामाजिक सद्भाव वृद्धि गर्ने बताउनु भयो । सभामुख मण्डलले विविधतामा एकता नै देशको विशेषता रहेकाले हिन्दु—मुस्लिमबीच सद्भाव कायम राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

 

कार्यक्रममा मुस्लिम आयोगका समिम मियाँ अन्सारीले मन्दिर र मस्जिद आस्थाको केन्द्र भएकाले सबैले आफ्नो धर्मअनुसार काम गर्न पाउनुपर्ने बताउनु भयो । अध्यक्ष अन्सारीले नेपालमा वर्षौंदेखि हिन्दु मुसलमान एकसाथ बस्दै आएको विशेषता रहेको र यही देशको पहिचान विविधतामा एकता रहेको बताउनु भयो । विचौलियाहरुले धार्मिक सहिष्णुता बिगार्न खोजेको आरोप लगाउनु भयो ।

 

मुस्लिम समुदायको पवित्र महिनाको रुपमा रहेको रमजान पर्वले सामाजिक सद्भाव, आपसी भाइचारा बढाएर शान्ति तथा मुलुकवासीमा समृद्धि हासिल हुने सहभागीहरुले अपेक्षा गरेका छन् । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)