मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

मित्रनगर विकास तथा सुधार समितिद्धारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र ३०, २०८०
  • 54
    SHARES

काठमाडौं । काठमाडौँ महानगरपालिका–२६ का वडाअध्यक्ष ख्यामराज तिवारीले ठमेल र दरबारमार्गको सुरक्षा स्थितीलाई हेरेर नयाँबसपार्क क्षेत्रलाई पनि २४ सै घण्टा खुलाइने बताउनुभएको छ ।

मित्रनगर विकास तथा सुधार समिति आज नयाँबसपार्कमा आयोजना गरेको ‘नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम’मा बोल्दै ठमेल र दरबारमार्गको सुरक्षा स्थितीलाई हेरेर नयाँ बसपार्कलाई समेत २४ सै घण्टा खुलाउने बताउनुभएको हो ।

“देशभरका मानिस आवतजावत गर्ने ठाउँ नयाँ बसपार्कलाई पनि २४ सै घण्टा सञ्चालन गर्नु जरुरी छ, वैशाख १ गतेदेखि ठमेल र दरबारमार्ग खुला गर्न लागिएको छ, त्यहाँको स्थितीलाई हेरेर नयाँबसपार्क पनि सञ्चालन गछौँ, जसले यस क्षेत्रको अर्थतन्त्र चलायमान हुन्छ,”– उहाँले भन्नुभयो । उहाँले बजार २४ सै घण्टा खुलाउँदा स्थानीयबासीलाई असर पर्न नहुने उल्लेख गर्नुभयो ।

वडाअध्यक्ष तिवारीले अबको दुई महिनाभित्र नयाँ बसपार्क आसपासका सडकहरु कालोपत्रे भईसक्ने उल्लेख गर्नुभयो । काठमाडौँ महानगरपालिकाको वडा नं २६ मा ठमेलसहित नयाँ बसपार्कसमेत पर्दछ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले ठमेल र नयाँ बसपार्कलाई एकआपसमा जोड्न सकेमात्र नयाँबसपार्क क्षेत्रको अर्थतन्त्र चलायमान हुने बताउनुभयो । “रातको समयमा समेत नयाँबसपार्कमा सवारीसाधन ओहोरदोहोर गर्ने भएकाले यस क्षेत्रको बजार २४ घण्टा खोल्नु जरुरी छ,”– उहाँले भन्नुभयो ।

मित्रनगर विकास तथा सुधार समितिका अध्यक्ष गङ्गा पन्तले नयाँबसपार्क क्षेत्रलाई सुन्दर र व्यवस्थित बनाउनका लागि समितिले काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले नयाँबसपार्क क्षेत्रको विकृति विसङ्गती अन्त्यका लागि स्थानीय टोलबासी, तीनै तहका सरकार र प्रहरीबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । उक्त समितिले विगत वर्षमा ‘प्रथम नयाँबसपार्क सडक महोत्सव’समेत आयोजना गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }