सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

चेतन कार्की स्मृति पुरस्कार आकाश अधिकारीलाई


  • माउन्टेन खबर
  • आइतवार, बैशाख २, २०८१
  • 307
    SHARES

काठमाडौं ।बरिष्ठ चलचित्रकर्मी चेतन कार्कीको स्मृतिमा स्थापित चेतन कार्की स्मृति पुरस्कार–०८०, निर्देशक आकाश अधिकारीलाई प्रदान गरिने भएको छ ।

दुई दशकभन्दा लामो समयदेखि नेपाली चलचित्रको संरक्षण तथा श्रीबृद्धिमा बिभिन्न बिधाबाट अनवरत योगदान गरिरहेका निर्देशक तथा अभिनेता अधिकारीलाई नगद १५ हजार पुरस्कार राशीसहितको सो पुरस्कार प्रदान गर्न लागिएको बताइएको छ ।

परिवर्तन नेपालका अध्यक्ष मोहन निरौला, डिजाइनर सुन्दर श्रेष्ठ र बरिष्ठ सिने पत्रकार शान्तिप्रिय सम्मिलित पुरस्कार निर्णायक समितिबाट पुरस्कार विजेताहरुको निर्णय गरिएको हो ।

यो पुरस्कार गत बर्ष अभिनेता, निर्देशक देशभक्त खनाललाई प्रदान गरिएको थियो ।

साथमा यस वर्ष स्व. अभिनेत्री–मोडल निशा घिमिरेको स्मृतिमा स्थापित निशा स्मृति पुरस्कार, निशा स्मृति प्रतिभा पुरस्कार र निशा स्मृति पत्रकारिता पुरस्कार–०८० पनि प्रदान गरिने निर्णय भएको परिवर्तन नेपालले जानकारी गराएको छ ।

परिवर्तन नेपालबाट प्रेषित बिज्ञप्ती अनुसार अभिनेत्री–मोडल अनु शाह, बबिता ढकाल (रोजा) र चलचित्र पत्रकार–गीतकार गीता अधिकारी नगद राशीसहितका बिभिन्न पुरस्कारबाट पुरस्कृत हुने भएको छ ।

निशा संरक्षण कोषका अध्यक्ष दुर्गानाथ दाहालको अध्यक्षतामा बसेको कोषको बैठकले यी पुरस्कारहरूकाे निर्णय गरेकाे हाे ।

विगत दुई दशकदेखि अनुको र विगत डेढ दशकदेखि बबिताको मोडलिङ र अभिनय क्षेत्रमा अनवरत सक्रिय योगदानको कदर स्वरुप २०–२० हजार नगद राशीको निशा स्मृति पुरस्कार र निशा प्रतिभा पुरस्कार दिन लागिएको जनाइएको छ ।

त्यस्तै विगत दुई दशकदेखि अनवरत कला पत्रकारितामा सक्रिय पत्रकार गीतालाई नगद १० हजार राशीको निशा स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको बताइएको छ ।

पुरस्कार १३ बैशाखमा राजधानीमा एक समारोहका बीच प्रदान गरिने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }