मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

संस्थामा आश्रित बालबालिकाहरुको सहयोगार्थ सप्ताह ज्ञान महायज्ञ


  • माउन्टेन खबर
  • सोमवार, बैशाख ३, २०८१
  • 24
    SHARES

काठमाडौं । संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा वैशाख ६ गते बिहीबारदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।

बैशाख ६ गते बाट शुरूवात भई बैशाख १३ गतेसम्म चल्ने महायज्ञ गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित संयुक्त अपाङ्ग एकता आवाज केन्द्रको प्रांगणमा श्रीमद्भागवत महापुराण ज्ञानमहायज्ञ (सप्ताह) हुने भएको छ ।

सो अवसरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञका साथै श्रृङ्गारिक महा–आरती महोत्सव पनि हुनेछ । वैशाख ६ गते बिहान कलश यात्रा हुनेछ । महायज्ञमा कथावाचन सुप्रसिद्ध पं चन्द्रकान्त काफ्लेबाट हुनेछ ।संयुक्त अपाङ्ग एकता आवाज केन्द्र बरिस्ठ समाजसेवी तिल बहादुर कार्कीले स्थापना गर्नु भएको हो भनें अहिले केन्द्रमा ५७ जना बालबालिकाहरु आश्रित रहेका छन् ।

संस्थामा आश्रित बालबालिकाहरुको सहयोगार्थ आयोजना गरिएको सप्ताहमा संस्थाको भौतिक विकास, आश्रित बालबालिकाहरुका लागि राम्रो शिक्षा, स्वास्थ्यको व्यवस्था गर्ने उदेश्यले पितृ मोक्षसहितको सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको अध्यक्ष कार्कीले बताउनु भयो ।

यस धार्मिक ज्ञान महाज्ञानमा सम्पूर्ण भक्तालुजनहरुमा ऊपस्थित भई कथा श्रवण गर्नुहुन र मन, बचन र कर्मले सक्दो सहयोग गर्नुहुन सम्पूर्ण दाजुभाई दिदिवहिनीहरुमा कार्कीले हार्दिक अनुरोध गर्नु भएको छ । थप जानकारीको लागि ९८५१०८७०४९ नम्बरमा मा सम्पर्क गर्न समेत आयोजकले अनुरोध गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }