मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

स्टार्टअप उद्यम कर्जाका लागि सरकारले ताेक्याे १२ मापदण्ड


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख ४, २०८१
  • 36
    SHARES

काठमाडाैं । नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका व्यक्तिलाई स्टार्टअप उद्यममा संलग्न हुन उत्प्रेरित गर्न नेपाल सरकारले चालु आर्थिक वर्षका लागि २५ करोड रूपैयाँ विनियोजन गरेको छ ।

सो कार्यक्रमबाट ३% व्याजदरमा कर्जा प्रवाह गर्ने गरी स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० स्वीकृत भइसकेकाे छ भने उक्त रकम परिचालन गर्न राष्ट्रिय वाणिज्य बैङ्कसँग सम्झौता भएको छ ।

यस्तै स्टार्टअप कर्जा प्राप्त गर्ने उद्यमी छनौट गर्न कर्जाको अप्राइजल, कर्जा प्रवाह र कर्जा साँवा व्याज असुली सबै प्रक्रियामा राष्ट्रिय वाणिज्य बैङ्कको भूमिका रहने गरी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

स्वीकृत कार्यविधि बमोजिम औद्योगिक व्यवसाय विकास प्रतिष्ठानबाट प्रस्ताव आह्वान भएकोमा १,६५८ परियोजना प्रस्ताव प्राप्त भएकाे जनाएकाे छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्ट अप उद्यम कर्जा प्राप्त गर्न उद्यमहरूको निश्चित मापदण्ड तोकेको छ । सोही मापदण्डलाई आधार मानी प्राप्त परियोजनाहरूको प्रारम्भिक सूची तयार गर्न प्रतिष्ठानले नेपाल सरकार र विज्ञहरूको सहयोगमा मापदण्ड बनाएको हाे ।

यस्ता छन् मूल्याङ्कन समितिले बनाएको मापदण्डहरू :

१) प्रतिष्ठानमा दर्ता भएका १६५८ प्रस्तावलाई मूल्याङ्कन समितिमा एक एक गरी अध्ययन गर्ने र छलफल गरी निर्णय लिने ।

२) मूल्याङ्कन गर्ने क्रममा मूल्याङ्कन समिति लगायत यससँग प्रत्यक्ष संलग्न कर्मचारीहरूले कुनै आग्रह – पूर्वाग्रह नराखी निर्णय गर्ने ।

३) सूचनाको संवेदनशीलतालाई मध्यनजर गरी मूल्याङ्कनकर्ता लगायत यससँग प्रत्यक्ष सलग्न कर्मचारीहरूले आफ्नो कार्य जिम्मेवारीअनुसार सूचनाको गोपनीयता पालना गर्ने ।

४) मूल्याङ्कन गर्दा कार्यविधिको दफा ४ मा उल्लेख भएका मापदण्डमा नपरेका परियोजनाहरूलाई योग्य सूचीमा समावेश नगर्ने ।

५) कुनै वस्तु वा सेवाको उत्पादन / सञ्चालन/वितरण प्रक्रियामा नवीन प्रविधि एवम् सृजनशील सोचको प्रयोग गरेको वा नगरेको विषयमा निर्णय लिनका लागि मूल्याङ्कन समितिका सदस्यहरूबीच छलफल गरी निष्कर्षमा पुग्ने ।

६) स्टार्टअप व्यवसाय दर्ता गर्ने निकायको रूपमा कानुन बमोजिम उद्योग विभाग, प्रदेश उद्योग दर्ता गर्ने निकाय र स्थानीय तहले काम सम्पादन गर्ने भएकाले उल्लेखित निकायबाट दर्ता भएका व्यवसायका निवेदन मात्र कर्जा प्रयोजनका लागि प्रक्रिया अगाडि बढाउने ।

७) कार्यविधिको अनुसूची १ को (ग) मा उल्लिखित प्रस्ताबको साथमा संलग्न गर्नुपर्ने कागजात मध्ये ‘उद्योगको दर्ता र नवीकरणको प्रमाणपत्रको प्रतिलिपि’, ‘स्थायी लेखा नम्बरको प्रमाणपत्रको प्रतिलिपि, ‘अघिल्लो आ.व. २०७९/८० को करचुक्ता प्रमाणपत्रको प्रतिलिपि’ रहेकोमा सो बमोजिम कागजात संलग्न नगरेको अवस्थामा प्रक्रिया अगाडि नबढाउने ।

८) कार्यविधिको दफा ८ उपदफा १ मा उल्लिखित अनुसूची १ बमोजिमको ढाँचामा प्राप्त भएका प्रस्तावहरूलाई मात्र मूल्याङ्कनमा समावेश गर्ने ।

९) पूँजी नखुलेको, रितपूर्वक प्रस्ताव फाराम नभरेको वा आंशिक भरेको प्रस्ताव मूल्याङ्कनमा समावेश
नगर्ने ।

१०) कार्यविधिको दफा ८ उपदफा १ बमोजिम एक उद्यमीले एकभन्दा बढी प्रस्ताव पेश गर्न नपाइने भएकाले यदि कसैले एकभन्दा बढी प्रस्ताव पेश गरेको पाइएमा सबै प्रस्तावलाई प्रक्रियामा अगाडि नबढाउने ।

११) मूल्याङ्कनकर्ताले प्रस्ताव उपर अध्ययन गर्दा प्रस्तावका विवरण र उद्देश्य स्पष्ट नखुलेको, विगतमा गरेको कार्य कतै उल्लेख नभएको र पेश गरेको कागजातमा कारोबार गरिरहेको नदेखिएको अवस्थामा त्यस्ता प्रस्तावहरूलाई प्रक्रियामा अगाडि नबढाउने ।

१२) प्रस्तावमा उल्लेख गरेको विवरण र पेश गरेको कागजातमा फरक पर्न गएको अवस्थामा त्यस्ता प्रस्तावलाई प्रक्रियामा अगाडि नबढाउने ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }