मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

चर्चित गजलकार एवं गीतकार प्रकट पङ्गेनीको निधन


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख ४, २०८१
  • 29
    SHARES

कास्की । पोखराका चर्चित गजलकार एवं गीतकार प्रकट पङ्गेनी ‘शिव’ को ७० वर्षको उमेरमा निधन भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई सोमबार अस्पताल भर्ना गरिएको र मणिपालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उहाँको आज निधन भएको पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिनुभयो ।

कास्कीको रुपा गाउँपालिका(५ स्थायी निवासी उहाँ जण्डिस र निमोनियाको बिरामी हुनुहुन्थ्यो । स्व पङ्गेनीको बुधबार अन्त्येष्टि गरिने परिवारले जनाएको छ । स्व पङ्गेनीका ‘यो मन कतै अल्झेको छ’ र ‘जूनको चिठी जुना’ लाई गरी दुई गीत सङ्ग्रह प्रकाशित छन् ।

यसबाहेक प्रणयवेदका ऋचाहरू ९गजल सङ्ग्रह० र अक्षरभरि अक्षता ९कविता सङ्ग्रह० उहाँका प्रकाशित कृतिहरू हुन् । उहाँका श्रीमति, एक छोरा र एक छोरी छन् ।

अस्पतालमा उपचारका क्रममा आर्थिक अभाव भएपछि सांस्कृतिक परिवारको अग्रसरतामा आजदेखि नै सहयोग रकम सङ्कलन अभियान सुरु भएको थियो । परिवारले रु २५ हजार राखेर सुरु गरेको सो अभियानमा पोखरा महानगरपालिकाले रु एक लाख सहयोग गर्ने घोषणा गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }