शुक्रबार, बैशाख २१, २०८१

अप्पर अरुणमा विश्व बैंकले साढे ८ सय मिलियन डलर बराबरको लगानी गर्ने


  • माउन्टेन खबर
  • शनिबार, बैशाख ८, २०८१
  • 24
    SHARES

 

काठमाडौं ।अर्थमन्त्री वर्षमान पुनले अप्पर अरुणको १ हजार ६५ मेगावाट विद्युत उत्पादन गर्न विश्व बैंकले साढे ८ सय मिलियन डलर बराबरको लगानी गर्ने सहमति भएको बताउनुभएको छ ।

 

शनिवार अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन बैठक सकेर स्वदेश फर्किनुभएका उहाँले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । उहाँले सस्तो ब्याजको ऋण दिने र विश्व बैंकले वित्तीय व्यवस्थापन गर्ने सहमति भएको बताउनु भयो । उहाँले ६३५ मेगावाट दुधकोशीमा एडिबीले नेतृत्व गर्ने तर विश्व बैंकले पनि लगानी गर्ने बताउनु भयो । उहाँले नेपालमा विदेशी लगानी कर्ताहरुको बाहुल्यता भएको मुलुकमा अमेरिका तेस्रो स्थानमा रहेको र आगामी लगानी सम्मेलनबाट थप लगानी गर्न इच्छुक भएको बताएको जानकारी दिनुभयो । लगानी सम्मेलनमा अमेरिकाको चेम्बरको उपाध्यक्ष नै उपस्थिति हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विश्व बैंकका तीन जना अलगअलग उपाध्यक्षहरुसँग भेट भयो । अरु उच्च स्तरका पदाधिकारीहरु । प्रवन्ध निर्देशकहरुसँग पनि भेट भयो । सबै मिलाउँदा विश्व बैंकसँगको कुराकानी राम्रो भयो । खासगरी हामीले हरित उर्जामा जोड गरिरहेको कुरा । त्यसमा अप्पर अरुणको १ हजार ६५ मेगावाट विद्युत उत्पादनलाई तयारी अवस्थामा छ, हाम्रो अध्ययन । त्यसमा विश्व बैंकले नेतृत्व गर्नुपर्छ भनेर हामीले सस्तो ब्याजको ऋणको लागि अनुरोध गरिरहेका थियौँ । यस पटकको बैठकको एउटा सफलता भनेको विश्व बैंकले साढे ८ सय मिलियन डलर बराबरको लगानी गर्ने । सस्तो ब्याजको ऋण, सफ्ट लोन दिने र उसले नेतृत्व गर्ने । अरु बैंकहरु पनि छन् । ६ वटा बैंकहरु छन् अरु । तर त्यसको नेतृत्व विश्व बैंकले गर्ने सहमति भएको छ । त्यो महत्वपूर्ण सहमति हो । ६३५ मेगावाट दुधकोशीमा पनि एडिबीले नेतृत्व गर्छ तर वल्र्ड बैंक पनि त्यसमा हुन्छ । त्यसमा पनि सकारात्मक कुरा भएको छ । समग्रमा हेर्दा अहिलेको लगानीमा अमेरिकन लगानी कर्ताहरु तेस्रो ठूलो लगानीकर्ताहरु नेपालमा रहेछन् । थप लगानी गर्न अमेरिकन लगानीकर्ताहरु तयार र उत्साहित रहेको पायौँ । लगानी सम्मेलनमा अमेरिकाको चेम्बर अफ कमर्सको उपाध्यक्ष नै उपस्थिति हुने स्वीकार गर्नुभएको छ । थप लगानी पनि घोषणा हुने भनिएको छ । आइटी लगायतका क्षेत्रमा लगानीको घोषणा हुँदैछ, सकारात्मक छ ।’

 

अर्थमन्त्री पुनले अमेरिकी चेम्बर अफ कमर्सले आइटी लगायतका क्षेत्रमा लगानी गर्ने भएको बताउनु भयो । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }