शुक्रबार, जेष्ठ ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

गाजामा तत्काल युद्धविराम गर्न इजिप्ट र कुवेतको संयुक्त आग्रह


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख २०, २०८१
  • 38
    SHARES

 

एजेन्सी ।  इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र कुवेतका अमिर शेख मिशाल अल–अहमद अल–जाबेर अल–सबाहले मङ्गलबार गाजा पट्टीमा तत्काल र दिगो युद्धविराम गर्न आग्रह गर्नुभएको छ ।

इजिप्टको राजधानी कायरोमा भएको भेटवार्तामा दुवै नेताले प्यालेस्टिनी जनतालाई अतिक्रमित क्षेत्रमा सुरक्षित, पर्याप्त र दिगो मानवीय सहायता उपलब्ध गराउने र संयुक्त राष्ट्र सुरक्षा परिषद्का सम्बन्धित प्रस्तावहरू कार्यान्वयन गर्ने आवश्यकतामा जोड दिनुभएको हो । दुवै नेताहरुले गाजापट्टी भित्र मानवीय सहायताको प्रवेशलाई सहज बनाउनको लागि संयुक्त राष्ट्र संयन्त्र स्थापना गर्न आह्वान गर्नुभयो ।

इजरायली अभ्यासले द्वन्द्वलाई बिस्तार गर्ने र क्षेत्रको सुरक्षा र स्थायित्व र अन्तर्राष्ट्रिय सुरक्षा र शान्तिलाई खतरामा पार्ने भन्दै दुवै नेताले यस्तो कदमबाट निम्त्याउने गम्भीर मानवीय परिणामबारे चेतावनी दिए । दुवै नेताले प्यालेस्टिनी समस्याको समाधानका लागि अन्तर्राष्ट्रिय समुदायले दुई–राज्यीय समाधान कार्यान्वयन गर्न र सन् १९६७ सीमानामा रहेको प्यालेस्टिनी राज्यलाई पूर्वी जेरुसेलमको राजधानी बनाएर आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने आवश्यकतामा पनि जोड दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }