सोमवार, बैशाख २४, २०८१

नेपाल-कतारबीच ८ वटा समझदारीमा हस्ताक्षर-फोटो फिचर


  • माउन्टेन खबर
  • बुधबार, बैशाख १२, २०८१
  • 31
    SHARES

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका ८ वटा क्षेत्रमा समझदारी भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारको तर्फबाट शेख तमिम बिन हमाद अल थानीसहितको प्रतिनिधिमण्डलबीच भएको वार्तापछि सहमतिमा हस्ताक्षर भएको हो ।

सहमतिपत्रमा नेपालको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र कतारका कानुन मन्त्री इब्राहिम बिन अली अल मोहनादीले हस्ताक्षर गर्नुभएको छ । ६ वटा सरकारी र २ निजी क्षेत्रका गरी ८ विषयमा सम्झौता भएको हाे ।

दुई देश बीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी,  कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ ।

कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईवटा सम्झौता भएका छन् ।

तस्बिर : प्रदिपराज वन्त / प्रधानमन्त्रीको सचिवालय

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }