काठमाडौं ।सत्रौँ गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै काँग्रेस केन्द्रिय सदस्य एंव संधिय सांसद ई. मोहन आचार्यले नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासबाट नै नेपाललाई सभ्य, सुखी र सम्पन्न राष्ट्रका रूपमा रुपान्तरण गर्न सकिने उल्लेख गर्नु भएको छ।
गणतान्त्रिक व्यवस्थाले सबै जाति, भाषा, क्षेत्र, धर्म, लिङ्ग र समुदायका जनतालाई राज्यको मूलप्रवाहमा एकाकार गर्दै रुपान्तरणको बाटोमा अघि बढ्न सघाएकोउहाँले उल्लेख गर्नु भएको छ । सबै समुदायमा नेपाल राज्यप्रति साझा स्वामित्व र अपनत्व स्थापित गराउँदै राष्ट्रिय हितको प्रवर्द्र्धन तथा मुलुकको स्वाधीनता र सार्वभौमिकता सबल बनाउँदै लगेको उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।
“राजनीतिक व्यवस्थाको परिवर्तन जनताको दशकौँदेखिको सपना हो, व्यवस्था परिवर्तन भए पनि व्यवस्थाअनुकूल जनताको अवस्था परिवर्तन गर्ने हाम्रो कार्यभार बाँकी नै छ । प्राप्त राजनीतिक उपलब्धिको भरपूर उपभोग गर्दै, मुलुकको सम्पूर्ण शक्तिलाई एकाकार गर्दै, स्रोत साधनको यथोचित परिचालन र अवसरको न्यायोचित वितरणको नीतिमार्फत जनताको अवस्था परिवर्तन गर्न लाग्नु पर्नेमा उहाँले जोड दिनुभएको छ ।
