शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चर्चित पाकिस्तानी सेलिब्रेटी डा. एलिया सोयव फिचर्ड  ‘माया बस्यो’ ( भिडियो )  


  • माउन्टेन खबर
  • सोमवार, असार ४, २०८१
  • 237
    SHARES

काठमाडौं –  गायक सुरेश लामाको सुमधुर स्वरमा सजिएको ‘माया बस्यो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  युवा प्रेम र आकर्षणको भावानालाई व्यक्त गरिएको यस गीतमा शब्द र संगीत डा. एलिया सोयव र सुरेश लामाको रहेको छ। गीतलाई रिकेश गुरुङले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा एलिया र सुरेशको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।  भिडियोमा पवन सुस्लिङको छायाँकन र सम्पादन रहेको छ।  निर्मल कुमार लामा ( बिजी) को निर्देशनमा भिडियो तयार पारिएको हो।  भिडियो गायक लामाको युट्युव च्यानल ‘सुरेश लामा’ मार्फत सार्वजनिक भएको हो।  भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।  यो समाचार तयार पार्दा सम्म भिडियोलाई २ लाख बढी दर्शकले हेरेका छन् भने भिडियोमा २० हजार लाइक्स र १४ हजार बढी कमेन्ट प्राप्त भएको छ।

डा. एलिया सोयव चर्चित पाकिस्तानी टिकटकर तथा मोडेल  हुन् । टिकटकमा एक करोड १५ लाख फलोअर्स रहेकी एलियाको स्न्यापच्याटमा एक करोड ५० लाख, इन्टाग्राममा ५ लाख, युट्युवमा एक लाख सस्क्राइबर रहेका छन् । उनी गायक सुरेश लामाको टिकटक जोडीको रुपमा  नेपाली फ्यानहरुमाझ पनि अति नै लोकप्रिय छिन् । अलरेस फ्यामेली टिकटक जगतकै बलियो र सृजनशील  परिवारको रुपमा चिनिन्छ । डा.  एलिया नेपाल र नेपालीलाई मनैदेखि माया  गर्छिन्।  ‘माया बस्यो’ म्युजिक भिडियोलाई हेरेर, सुनेर प्रतिक्रिया दिन निर्माण टिमले सबैलाई आग्रह गरेका छन्।

भिडियो:

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)