शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने, ४७ देशका १४२ चलचित्रहरु छनोट


  • माउन्टेन खबर
  • बुधबार, साउन १६, २०८१
  • 126
    SHARES

काठमाडौं । छैटौं अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव आयोजना हुने भएको छ । जनवरीको अन्तीम सातामा आयोजना हुने चलचित्र महोत्सवमा ४७ देशका २०४ चलचित्रहरुमध्ये १४२ चलचित्रहरु छनोट गरिएको छ । राष्ट्रियतर्फ ३४ ओटा र अन्तराष्ट्रियतर्फ १०८ ओटा चलचित्र, लघुचलचित्र तथा वृतचित्रहरु छनोटमा परेका छन् ।
राष्ट्रिय चलचित्रहरुमा बुलाकी, पुजार सार्की, एक भगवत एक गीता, विच्छेद, पखेटा, डेसान, डेस्टिनी चलचित्रहरु समावेश छन् । त्यस्तै विभिन्न विधाका छोटा चलचित्ररुमा रित्तो गाउँ, द स्कुल वाल, डाकिनी, निर्देश, थ्रेसहोल्ड, बालक हराएको सुचना, आदेख, चराको नाच, मनु, बेली लगायत अन्य थुप्रै चलचित्र, लघुचलचित्र र डकुमेन्ट्रीहरु समावेश गरिएको छ । सात राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकहरुको मूल्यांकनको आधारमा महोत्सवमा सहभागी १५ स्वदेशी र १५ वटा विदेशी फरक फरक विधाका उत्कृष्ट फिल्महरुलाई अवार्ड वितरण गरिनेछ ।

मौलिक कला, संस्कृतिको संरक्षण, संवद्र्धन र चलचित्र विकासको लागि अन्तराष्ट्रिय चलचित्र महोत्सव आयोजना गरिरहेको आयोजक टीमले जानकारी दिएको छ । सम्बन्धित निकायहरु आफैले कला, चलचित्र र संस्कृति संरक्षण र संवद्र्धनका कार्यक्रमहरु गर्नुपर्नेमा विगतका चलचित्र महोत्सवहरु आयोजना हुँदै गर्दा सम्बन्धित निकायहरुबाट साथ, सहयोग नपाएको महोत्सव निर्देशक सन्तोष सुवेदीले गुनासो व्यक्त गरे ।

यो महोत्सवमा उत्कृष्ट चलचित्र, उत्कृष्ट लघुचलचित्रमात्र नभएर उत्कृष्ट महिला चलचित्र, उत्कृष्ट बालबालिका चलचित्र, उत्कृष्ट सांस्कृतिक चलचित्र, उत्कृष्ट डकुमेन्ट्री लगायत धेरै विधाहरु भएकाले अन्य विधालाई पनि प्रोत्साहन गरेको कारण यो चलचित्र महोत्सव अझ बढी महत्वपुर्ण रहेको उनी बताउँछन् । नेपालमा विधाअनुसारको विषयवस्तुमा कम फिल्म बन्छ, कि त बन्दै बन्दैन । बनेपनि त्यसलाई प्रदर्शन गर्ने स्थान र प्रोत्साहन गर्ने संस्था छैन । विषयगत चलचित्रहरु उत्कृष्ट बन्दा पनि तिनिहरुले स्थान पाउँदैनन्, पाईहालेपनि प्रतिस्पर्धामा पछाडी नै राखिन्छ । तर यो महोत्सवले सबैलाई समेट्न सकेको उनको दावी छ । महोत्सव काठमाडौंमा आयोजना हुने आयोजक टीमले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)