बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सार्वजनिक बिदामा पनि ओपिडी सेवा संचालन गर्न मन्त्रालयको परिपत्र


  • माउन्टेन खबर
  • सोमवार, भदौ १७, २०८१
  • 110
    SHARES

काठमाडौं।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदामा पनि सरकारी अस्पतालमा बहिरंग (ओपीडी) सेवा संचालन गर्न  परिपत्र जारी गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयले सार्वजनिक बिदाका दिनमा सरकारी स्वास्थ्य संस्था र अस्पतालमा बहिरंग सेवा सुचारु राख्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएसँगै मन्त्रालयले मातहतका स्वास्थ्य संस्थालाई यस्तो परिपत्र जारी गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको च.न. ३२२७७५, मिति २०६१।०५।०७ को पत्रानुसार स्वास्थ्य सम्बन्धी सेवा प्रवाह सम्बन्धमा २०८१ सालमा दिईने सार्वजनिक विदा सम्बन्धी नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०६०।०९।१२ को निर्णय बमोजिम खण्ड (७३) सङ्ख्या ५४ नेपाल राजपत्र भाग ५ मा मिति २०८०१०११२ गते प्रकाशित गृह मन्त्रालयको सूचना १ को प्रकरण १० (सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्था) को उपप्रकरण १०.१ को खण्ड (न) मा सार्वजनिक बिदाका दिनमा सबै प्रकारका अस्पतालबाट प्रवाह हुने स्वास्थ्य सम्बन्धी सेवा (बहिरङ्ग सेवा समेत) प्रवाह गर्नुपर्ने व्यवस्था भएकोमा सोही बमोजिम स्वास्थ्यसम्बन्धी सेवा प्रवाह अनिवार्य रुपमा गर्नु गराउनु हुन यस मन्त्रालयको मिति २०८१।०५।१६ को निर्णयानुसार अनुरोध छ । मन्त्रालयद्वारा जारी परिपत्रमा भनिएको छ ।

यसअघि ७ भदौंमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक बिदाका दिनमा सरकारी स्वास्थ्य संस्था र अस्पतालमा बहिरंग सेवा सुचारु गर्न स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)