शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भ्रष्टाचार गर्नेलार्ई आजीवन कारावासको व्यवस्था हुनुपर्छः मुख्यमन्त्री सिंह


  • माउन्टेन खबर
  • सोमवार, पुस १, २०८१
  • 266
    SHARES

जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भ्रष्टाचार गर्नेलार्ई आजीवन कारावासको व्यवस्था गर्न सुझाव दिनुभएको छ ।

मुख्यमन्त्री सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमवार जनकपुरधाममा आयोजना गरेको “भ्रष्टाचार नियन्त्रण र सुशासन” विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो सुझाव दिनुभएको हो । उहाँले भ्रष्टाचार गर्नेलार्ई  ५ वर्षदेखि १० वर्षसम्मको सजायलाई बढाएर आजीवन कारावासको व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँले भ्रष्टाचार नियन्त्रणका लागि अहिलेको कानून पर्याप्त नरहेको बताउनु भयो । राजनीतिक क्षेत्र तथा कर्मचारी सेवामा प्रवेश गरेको केही वर्षमा नै मानिसको जीवनशैलीमा धेरै परिवर्तन आउनु र विलाशी जीवनशैली जिउनुले नै भ्रष्टाचार प्रश्रय पाइरहेको मुख्यमन्त्री सिंहको भनाई थियो । त्यस्ता व्यक्तिमाथि कडा कारवाही गर्नका लागि सुझाव दिनुभयो ।

मुख्यमन्त्री सिंहले कर्मचारीको थोरै तलब भएकाले पनि जीवन धान्नका लागि भ्रष्टाचार गर्ने गरेको सबैमा जानकारी रहेको बताउँदै कर्मचारीको जीवनयापन गर्ने किसिमले तलव बृद्धि गरेर भ्रष्टार गर्नेमाथि कडा सजायको व्यवस्था भए भ्रष्टाचारमा स्वतः कमी आउने दाबी पनि गर्नुभयो । कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले बेनामी उजुरीको विरोध गर्नेले मुलुकमा सुशासन नचाहेको बताउदै बेनामी उजुरु नपरेको खण्डमा मुलुकमा थप भ्रष्टाचार बढ्ने दाबी गर्नुभयो । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)