शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सपना भिलेज सोसियल इम्पयाकटद्वारा एकल महिलालाई थप बाख्रा उपहार


  • माउन्टेन खबर
  • बुधबार, माघ २३, २०८१
  • 529
    SHARES

हात्तिवाङ –  चितवनको इच्छा कामना गाउँपालिकाका एकल महिलाहरूलाई आयआर्जनका लागि थप बाख्रा वितरण गरिएको छ ।

सपना भिलेज सोसियल इम्पयाकट द्वारा एक वर्षअघि इच्छाकामाना गाउँपालिकाका एकल महिलाहरूलाई एकल महिला सशक्तीकरण परियोजना मार्फत थप बाख्रा उपहारस्वरूप प्रदान गरिएको हो।

सपना भिलेज सोसल इम्प्याक्टले  गत वर्ष  चितवनको इच्छा कामना गाउँपालिकाका सीमान्तकृत चेपाङ समुदायका एकल  १६ जना महिलालाई जनही ४ वटाका दरले  ६४ वटा बाख्रा वितरण गरेको थियो ।

उनीहरूको लगनशीलता, मेहनत र प्रगतिको आधारमा राम्रो गर्ने १० जनालाई  यो वर्ष थप  दुई दूईवटा  बाख्रा उपहारस्वरूप प्रदान गरिएको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले बताउनुभयो।

सो वडाका २१ जना एकल महिलाको पहिचान गरी दिगो आयआर्जनका लागि बाख्रा वितरण गरिएको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिनुभयो ।

सीमान्तकृत चेपाङ समुदायका एकल महिलाको जीवन स्तर उकास्न आयमूलक कार्यक्रम ल्याइएको गिरीले बताउनुभयो ।

सपना भिलेज सोसल इम्प्याक्टको सहयोगले आफुहरुलाई आर्थिक रुपमा  सक्षम बनाएको स्थानिय महिलाहरुले बताउनुभयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)