शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मिथिला मध्यमा परिक्रमा : नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्ध थप मजबुत


  • माउन्टेन खबर
  • शुक्रबार, फाल्गुन २३, २०८१
  • 224
    SHARES
महोत्तरी –  नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला मध्यमा परिक्रमाअन्तर्गत श्रद्धालु भक्तजन, साधु–सन्त तथा सम्पूर्ण यात्रुहरूको स्वास्थ्य र सुविधालाई ध्यानमा राख्दै हेल्पडेस्क सञ्चालन गरिएको छ ।
परम्परागत रूपमा प्रत्येक वर्ष आयोजना हुने मिथिला मध्यमा परिक्रमा हिन्दू धर्मावलम्बीहरूका लागि गहिरो आध्यात्मिक र सांस्कृतिक महत्व बोकेको छ । यस परिक्रमाले धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्नुका साथै नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने काम गर्छ ।
नेपाल–भारत खुला सीमाको कारण यात्रुहरूलाई सहजता मिल्नुका साथै धार्मिक तथा सांस्कृतिक आदान–प्रदानलाई प्रवद्र्धन गर्ने अवसर पनि प्रदान गरेको संस्थाको केन्द्रीय अध्यक्ष डा.राजीव झाले बताए ।
यसै सन्दर्भमा, महोत्तरी जिल्लाको पाँच वासामध्ये अन्तिम चरणको कंचनवन वासमा हेल्पडेस्क सञ्चालन गरिएको थियो ।
नेपाल–भारत खुला सीमाको फाइदा बारे बोल्दै संस्थाको केन्द्रीय उपाध्यक्ष शिवशंकर साह हिराले नेपाल–भारत खुला सिमानाका कारण धार्मिक तथा सांस्कृतिक गतिविधिहरू सहज रूपमा सम्पन्न गर्न सकिने बताए । भारतका विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजन तथा साधु–सन्तहरूले बिना झन्झट नेपाल प्रवेश गरी परिक्रमा गर्न पाउने सुविधा पाएका छन् । यसले धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्न सहयोग गर्नुका साथै स्थानीय अर्थतन्त्रमा समेत टेवा पुर्‍याएको बताए ।
नेपाल–भारतको सांस्कृतिक सम्बन्ध सुदृढ पार्ने धार्मिक परिक्रमा
मिथिला मध्यमा परिक्रमा नेपाल–भारतबीचको सांस्कृतिक सम्पर्कको प्रतीक मानिन्छ । नेपाल–भारत खुला सीमाका कारण यी धार्मिक यात्राहरू सहज बन्दै गएका छन्, जसले धार्मिक पर्यटकलाई आकर्षित गर्दै नेपालको स्थानीय अर्थतन्त्रलाई समेत बलियो बनाउने काम गरेको कार्यक्रम संयोजक दिपक यादवले बताए ।
कार्यक्रम सह संयोजक रुबि झाका अनुसार यस हेल्पडेस्क मार्फत यात्रुहरूका लागि स्वास्थ्य जाँच, आवश्यक औषधि वितरण तथा अन्य आवश्यक सामग्रीहरू उपलब्ध गराउने कार्य भइरहेको तथा आज श्रद्धालुहरुलाइ स्वागत स्वरूप अबिर, फूलमाला अर्पण गर्नुका साथै स्वास्थ्य परिक्षण तथा आवश्यक सहयोग प्रदान गरिएको थियो ।
यस वर्ष नेपाल–भारत खुला सीमा संवाद समूहले धार्मिक परिक्रमालाई थप व्यवस्थित बनाउन गुमसुदा व्यक्तिहरूको खोजीका लागि एलाउन्स प्रणाली सञ्चालन गर्नुका साथै होलि महोत्सव समेत भव्य रूपमा मनाएको छ। सहभागीहरूको अनुसार, हेल्पडेस्क सञ्चालन तथा विविध सुविधाहरूको व्यवस्थापनले परिक्रमा यात्रुहरूलाई ठूलो राहत मिलेको छ।पत्रकार एबं शिक्षक दिपेन्द्र सिंहका अनुसार यस्ता कार्यक्रमहरुले धार्मिक यात्रुहरूको लागि सहज वातावरण सिर्जना गर्दै नेपाललाई धार्मिक पर्यटनको गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिन्छ ।
कार्यक्रममा कार्यालय सचिव कृष्ण कुमार साह, सिरहा निवासी सामाजसेवी रुपेश यादव, धनेश्वर ठाकुर, कमला बचाउ अभियानी बिक्रम यादव, बिपिन ठाकुरको सक्रिय सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)