रसुवा- पुर्व राजाको पुनर्बहालीको माग गर्दै १५ गते काठमाडौँको तीनकुनेमा प्रदर्शनको क्रममा पत्रकार सुरेश रजकको मृत्यु र विभिन्न सञ्चार गृह माथि भएको आक्रमणको विरोध गर्दै नेपाल पत्रकार महासङ्घ रसुवाले प्रमुख जिल्ला अधिकारी मार्फत दोषीलाई कारबाहीको माग गरी ध्यानाकर्षण पत्र बुझाइएको छ।
महासङ्घले पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारबाहीको माग गरेको छ भने उनको परिवारलाई तत्काल राहत उपलब्ध गराउन समेत माग गरेको छ।
महासङ्घको जिल्ला शाखा रसुवाको अध्यक्ष केशव पौडेलले प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्न माग गरेका छन्।
