शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वर्षाका कारण अवरुद्ध कान्तिलोकपथ सञ्चालनमा


  • माउन्टेन खबर
  • आइतवार, बैशाख २१, २०८२
  • 174
    SHARES

मकवानपुर – वर्षाका कारण अवरुद्ध बनेको कान्तिलोकपथ सडक खण्ड (हेटौंडा–ठिङ्गन–काठमाडौं) पुनः सञ्चालनमा आएको छ ।

मकवानपुर र ललितपुरको सिमानास्थित भिमफेदी गाउँपालिका–८ र बागमती गाउँपालिका–२ को सीमाक्षेत्र बागमती खोलामा बनाइएको डाइभर्सन आज बिहान आएको भेलका कारण बगाएको थियो ।

अवरुद्ध सडक मर्मत गरि दिउँसो १ बजेबाट पुनः सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसैबीच, कान्तिलोकपथ सडक खण्डमा मर्मत कार्य जारी रहेकाले बिहान १० बजेबाट दिउँसो ४ः०० बजेसम्म सडक बन्द रहने प्रहरीले जनाएको छ  । सो समयमा वैकल्पिक बाटोको प्रयोग गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)