काठमाडौँ – यहि वैशाख १८ देखि २१ गते सम्म भारत सरकारद्वारा मुम्बईमा आयोजित #WAVES2025 शिखर सम्मेलनमा नेपालबाट सरकार, मिडिया, चलचित्र, सोसल मिडिया इन्फ्लुयन्सर्स र एनिमेसन उद्योगका गरी १९ जना वरिष्ठ प्रतिनिधिहरूले सहभागिता जनाए ।

उनीहरू वैश्विक सीईओहरूसँग संलग्न हुनुका साथै मिडिया र मनोरञ्जन क्षेत्रमा भएको भारतको प्रगतिको साक्षात्कार बने । उक्त कार्यक्रमले चलचित्र, कन्टेन्ट क्रियसन, एनिमेसन र डिजिटल मिडियामा – भारत नेपाल सहकार्यको लागि उत्साहित मार्गहरू खुलाएको छ ।

नेपालकाका सहभागीहरूले सामाजिक सञ्जालमा WAVES बाट प्राप्त अन्तर्दृष्टि र अनुभवहरू तथा आफ्ना कथाहरू साझा गरे।

