बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जेठका लागि ३ वाणिज्य बैंकले बढाए व्याजदर


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ १, २०८२
  • 169
    SHARES

काठमाडौं –  वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । १४ बैंकले अघिल्लाे महिना झैं ब्याजदर यथावत राखेका छन् । एभरेस्ट, सानिमा र नेपाल बैंकले ब्याजदर थोरै बढाएका छन् भने नेपाल इन्भेस्टमेन्ट मेगा, कुमारी र सिद्धार्थले घटाएका छन् ।

व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर वैशाखको ५.९७९ प्रतिशतबाट जेठमा ५.९५२ प्रतिशतमा झरेको छ । बैंकहरूले तरलता, कर्जाको माग र लागतलाई ध्यानमा राख्दै ब्याजदरमा सानो हेरफेर गरेका हुन् ।

लामो अवधिको मुद्दतीमा थोरै बढी र छोटो अवधिको मुद्दतीमा कम ब्याज दिने नीति देखिएको छ । ब्याजदर घट्दा कर्जाको दर पनि घट्ने सम्भावना हुन्छ। राष्ट्र बैंकको नियमअनुसार व्यक्तिगत र संस्थागत निक्षेपबीच कम्तीमा १ प्रतिशत फरक हुनुपर्ने छ।

जेठमा सबैभन्दा कम ब्याजदर नेपाल बैंकले ५.४५% र सबैभन्दा धेरै एभरेस्टले ६.६४% तोकेका छन् ।

कसले कति दिँदै छन् ?

interest rate.png

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)