बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

माया राईलाई १० लाख धरौटीमा छाड्न अदालतको आदेश


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ १, २०८२
  • 267
    SHARES

काठमाडौं –  स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेकी कांग्रेस सांसद माया राईलाई अदालतले धरौटीमा रिहा गर्न आदेश गरेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र बहादुर कार्कीको ईजलासले उनलाई १० लाख धरौटीमा छाड्न आदेश गरेको हो ।

कालिमाटीमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी सहकारीमा उनले २०७३ कार्तिक ६ देखी २०७४ मंसिर ४ सम्म सदस्य र २०७४ मंसिर ४ देखी २०७६ भदौ २१ सम्म सहसचिव भएर काम गरेकी थिईन् ।

उनको कार्यकालमा २ करोड ४० लाख ४४ हजार ७९० रुपैयाँ हिनामिना भएको थियो । सरकारी वकिलले मंगलबार उनीविरुद्ध ३७ लाख ३५ हजार बिगो मागदाबी गर्दै काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो ।

सांसद राई वैशाख १३ मा पक्राउ परेकी थिईन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)