शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कुलेखानी–फाखेल–हुमाने सडक कालोपत्रे गरिँदै


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ ५, २०८२
  • 161
    SHARES
मकवानपुर –  बागमती प्रदेशको राजधानी हेटौंडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने छोटो दूरीको वैकल्पिक मार्ग अन्तर्गत कुलेखानी–फाखेल–हुमाने भन्ज्याङखण्डमा कालोपत्रे कार्य तीव्र गतिमा अगाडी बढाइएको छ ।
इन्द्रसरोवर गाउँपालिका–२ र ४ मा पर्ने यो खडक खण्डमा वर्षा सुरु हुनु अगावै कालोपत्रे कार्य सम्पन्न गर्ने लक्ष्य सहित बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय मकवानपुरले निर्माण कार्य तीव्र बनाएको हो । जेठ गतेसम्म २० गतेसम्म सवारी आवतजावत बन्द गरी निर्माण कार्यलाई प्राथमिकता दिइएको छ । पूर्वाधार विकास कार्यालय मकवानपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुजन भण्डारीले हुमानेदेखि कंलकीसम्मको १२ दशमलव ६ किलोमिटर सडकखण्ड मर्मत तथा कालोपत्रे कार्य भैरहेको जानकारी दिनुभयो । जसअनुसार,  ८ दशमलव ५० किलोमिटर कालोपत्रे बाँकी ४ दशमलव ४ किलोमिटर ढलान गरिने उहाँले बताउनुभयो । २०८० वैशाखमा पिआर इन्फ्रा इन्स्ट्रक्चर प्रा.लि.सँग ४० करोड ४८ लाख ८८ हजार रुपैयाँ लागतमा सम्झौता गरिएको सडक योजनाको हालसम्मको भौतिक प्रगति ८० प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ५५ दशमवल ४६ प्रतिशत रहेको छ।
वर्षाअघि नै सडक कालोपत्रे गरेर सवारी संचालनमा ल्याउने गरि मन्त्रालय, स्थानीय तह र निर्माण व्यवसायीबीचको समन्वयमा निर्माण कार्यल तीव्र बनाइएको बागमती प्रदेशका भौतिक तथा पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केले बताउनुभयो ।
यस आयोजनाको हालसम्मको प्रगति विवरण अनुसार कल्भर्ट निर्माण कार्य पूरा भइसकेको छ भने टेवा पर्खाल, नाली निर्माण र सबबेस हाल्ने कार्य अन्तिम चरणमा पुगेको छ । यसका साथै गत असोजमा आएको बाढीले क्षति पुगेको स्थानहरुको पुनः निर्माणको जिम्मेवारी पनि निर्माण कम्पनीलाई दिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)