बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नागरिक पेन्सन योजना र पुँजी बजार सम्बन्धी कोषको प्रशिक्षण


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ १०, २०८२
  • 209
    SHARES

काठमाडौं –  नागरिक लगानी कोषले नेपाल कमर्श क्याम्पस मिनभवनका एम.वि.ए. फाइनान्सका विद्यार्थीहरूलाई कोषले सञ्चालन गर्दै आइरहेको नागरिक पेन्सन योजना र पुँजी बजार सम्बन्धमा प्रशिक्षण दिएको छ ।

कोषले पेन्सन योजनामा सहभागिता जनाउने प्रक्रिया, त्यसबाट हुने फाइदा लगायतका विषयमा जानकारी गराउँदै नागरिक पेन्सन योजना सहभागी होऔं, अवकाशपछिको जीवन सुरक्षित बनाऔं भन्ने नारालाई आत्मसाथ गर्नु पर्ने विषयमा कोषका उप निर्देशक नारायण घिमिरेले प्रकाश पार्नुभयो ।

सोही अवसरमा नेपालको पुँजी बजार, शेयर खरिद बिक्री र पुँजी बजारका औजारहरूको बारेमा विवेक अधिकारीले प्रशिक्षण दिनुभयो । उहाँले सेयर बजार सम्बन्धी जानकारीसहित आर्थिक र प्राविधिक विश्लेषणको बारेमा बताउनुभयो ।

सेयर बजारका उपकरणहरू, दोस्रोे बजार, सूचीकृत कम्पनीको पोर्टफोलियो, पुँजी बजारका चरणहरू, सूचक विश्लेषण विधिका बारेमा उहाँले प्रस्तुतीकरण गर्नु भएको थियो । कार्यक्रममा कोषका निर्देशकद्धय शोभा श्रेष्ठ र हेमन्त पोखरेल एवं क्याम्पसका सह–निर्देशक मदन पोखरेल, सहायक क्याम्पस प्रमुख निश्चल रिसाल एवं सन सेक्युरिटिजका प्रबन्ध निर्देशक कृष्ण गिरी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)