बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ १५, २०८२
  • 169
    SHARES

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १७ दशमलव ४४ अङ्कले बढेर दुई हजार ६९३ दशमलव ०६ को विन्दुमा कायम भएको हो ।

आज ३२३ कम्पनीको दुई करोड सात लाख ५९ हजार पाँच सय ४७ कित्ता शेयर ७७ हजार ३१६ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ५८ करोड ६० लाख चार हजार बराबरको कारोबार भएको छ । आजको कारोबारमा जीवन बीमा समूह शून्य दशमलव २४, लघुवित्त शून्य दशमलव २६, निर्जीवन बीमा शून्य दशमलव २६ र अन्य समूह शून्य दशमलव ०६ प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ । बैंकिङ एक दशमलव ८८, विकास बैंक एक दशमलव २९, वित्त शून्य दशमलव १८, होटल तथा पर्यटन शून्य दशमलव ८१ र जलविद्युत् समूह शून्य दशमलव ८९ प्रतिशतले बढेको छ । त्यस्तै लगानी शून्य दशमलव ०३, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६५, म्युचुअल फन्ड शून्य दशमलव ११ र व्यापार समूह शून्य दशमलव ०३ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड र प्युअर इनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने बाहारी हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्य पाँच दशमलव २६ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)