बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चालु आवमा ८९.४ प्रतिशत मात्र बजेट खर्च हुने संशोधित अनुमान


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ १६, २०८२
  • 174
    SHARES

काठमाडौं –  चालु आर्थिक वर्ष २०८१/८२ मा कुल विनियोजनको ८९.४ प्रतिशत मात्र बजेट खर्च हुने अनुमान सरकारले गरेको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले चालु आवको बजेटको संशोधित अनुमान पेश गरेका हुन् । यस वर्ष सरकारले १८ खर्ब ६० अर्ब बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । यो अब १६ खर्ब ६२ अर्ब अर्थातः ८९.४ प्रतिशतमा खुम्चिने अनुमान सरकारले गरेको हो ।

चालु खर्च विनियोजनको ८८.५ प्रतिशत र पूँजीगत तर्फ ८३ प्रतिशत प्रतिशत हुने सरकारको अनुमान छ । वित्तीय व्यवस्थातर्फ भने ९७.६ प्रतिशत खर्च हुने भएको छ । यस आवमा राजस्व परिचालन १७.१ प्रतिशतले बढ्ने अनुमान अर्थमन्त्रीले गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)