बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

व्यवसायी,लगानीकर्ताले कुल निर्यातको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न पाउने


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ १६, २०८२
  • 154
    SHARES

काठमाडौँ – सरकारले विदेशमा नेपालीलाई लगानीका लागि बाटो खोल्ने भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले  आगामी वर्षको बजेट प्रश्तुत गर्दै  व्यवसायी/लगानीकर्तालाई कुल निर्यातको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न दिइने बताउनु भयो । उहाँकाअनुसार विदेशमा लगानी गर्नु अनुमति भने नेपाल लगानी बोर्डले दिनेछ ।

उहाँले भन्नुभयो– ‘व्यवसायी÷लगानीकर्तालाई कुल निर्यातको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न दिइनेछ । विदेशमा लगानी गर्नु अनुमति भने नेपाल लगानी बोर्डले दिनेछ ।’

बजेटमा सरकारले औद्योगिक क्षेत्रको भाडा ५० प्रतिशतले घटाउने घोषणा गरिएको  छ । खानीजन्य वस्तुहरुको उत्खननदेखि निकासीसम्मको व्यवस्था मिलाइनेछ ।

बजेटमा स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा दिने कार्यक्रम राखिएको छ । जसका लागि ७३ करोड बजेट छुट्टाइएको छ । कर्जा तथा निक्षेप सुरक्षणमार्फत सहकारीका ५ लाखसम्मका बचतकर्ताको बचतको सुरक्षण गरिनेछ ।आगामी वर्ष १ सय स्थानीय तहमा भूमि बैंक, वैकल्पिक वित्त कोष परिचालन गरी निजगढ बनाइने अर्थमन्त्री पौडेलले बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)